बुधबार, वैशाख १०, २०८२

किम्फको पूर्वसन्ध्यामा फोटो प्रर्दशनी

मेरोन्यूज २०७८ मंसिर १९ गते २१:१०

काठमाडौं । यहि मंसिर १३ गतेदेखि काठमाडौँमा आयोजना हुन लागेको १९ औँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को पूर्व सन्ध्यामा काठमाडौमा जलवायु परिवर्तन सम्बन्धि तस्वीर तथा चित्रकला प्रर्दशनी गरिएको छ ।

नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको प्रर्दशनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले किम्फ २०२१ को सन्र्दभमा आयोजना गरिएको प्रर्दशनीले जलवायु परिवर्तनले पारेको असरका बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै यो अवसरमा आयोजना हुने फिल्म महोत्सवले पर्यटन प्रर्वद्धन समेत सहयोग पुग्ने बताए ।

नेपालको पहिचान हिमालसँग जोडिएको हुँदा यससँग सम्बन्धित चलचित्र प्रर्दशनीले नेपालको हिमाल र समग्र विश्व परिवेशका बारेमा हिमालका बारेमा,जलवायुपरिवर्तनका बारेमा सकारात्मक सन्देश फैलाउन सघाउ पुग्ने उनले बताए ।

प्रर्दशनीले स्थानीय र विश्वव्यापी रूपमा अनुभव भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूलाई कम गर्न के गर्न सक्छौं भन्ने विषयमा सोच्न उत्प्रेरित गर्ने गर्ने किम्फका फेस्टिवल डाइरेक्टर रमियता लिम्बुले जानकारी दिइन् ।

किम्फले आफ्नो महोत्सव उपशीर्षक ‘जलवायु कर्म’ का माध्यमबाट मानिस र वातावरणसँग सम्बन्धित विभिन्न तस्वीर प्रर्दशनीमा राखेको छ ।

यस्तै किम्फ फेस्टिवल अन्र्तगत चलचित्र विकास बोर्डको सभाकक्षमा दर्शकहरूको प्रत्यक्ष उपस्थिति र अनलाइनमा गरी डकुमेन्ट्री, फिक्शन, प्रयोगात्मक, शर्ट फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रहरू देखाइने उनले जानकारी दिए ।

महोत्सव मङ्सीर २३ गतेदेखि २७ गतेसम्म आयोजना हुनेछ ।

यस वर्ष किम्फ र युरोपेली संघ संद्वारा नेपाली फिल्म निर्माताहरूका लागि ‘ग्रीन ग्रोथ– ग्रीन रिकभरी’ शीर्षक छोटा फिल्महरूको प्रतियोगिता प्रस्तुत गरिने भएको छ ।

किम्फ २०२१ को निर्णायक मण्डलमा स्विट्जरल्याण्डका पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्विट्जरल्याण्डकी पत्रकार तथा चलचित्र निर्माता क्यारोलिन फिङ्क र नेपाली थिएटर कलाकार तथा निर्देशक अनुप बराल रहेका छन् ।

निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट तीन वटा चलचित्र (छानिएका ४० वटा चलचित्र मध्येबाट) र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्शन चलचित्र (छानिएका १३ वटा चलचित्र मध्येबाट) को निर्णय गर्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाल पर्वतारोहण संघले रू २ लाख, हिमालय इन्टरनेशनल माउन्टेन फिल्म अफ चाइनाले १ लाख ५० हजार र फ्रेडी–उर्सुला वोहल्वेन्डले १ लाख, राशीको पुरस्कार प्रदान गर्नेछन ।

यस्तै किम्फमा नेपाल पनोरमा उत्कृष्ट वृत्तचित्रका लागि नेपाल चलचित्र विकास बोर्डले ७५ हजार र उत्कृष्ट आख्यानात्मक फिल्मका लागि मिला प्रोडक्सनले रु १ लाख र इसिमोडले उत्कृष्ट माउन्टेन फिल्म अवार्डका लागि एक हजार अमेरिकी डलरको पुरस्कार प्रायोजित गरिएको किम्फले जानकारी दिएको छ ।

प्रतिक्रिया