नोबेल पुरस्कार विजेता सुकीलाई चार वर्षको जेल सजाय
मेरोन्यूज
२०७८ मंसिर २० गते १२:३४

काठमाडौँ । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई जेल सजाय सुनाएको छ । म्यानमारको अदालतले अपदस्थ नेता सुकीलाई चार वर्षको जेल सजाय सुनाएको हो ।
यो उनलाई आजीवन कारावासको सजाय हुनसक्ने शृङ्खलाको पहिलो फैसला हो । सुकीले कुल ११ वटा आरोपको सामना गर्नु परेको छ । यसलाई उनले अस्वीकार गरेकी छिन् । उनी फेब्रुअरीदेखि नै घरमै नजरबन्दमा छिन् । सेनाले उनको निर्वाचित सरकारलाई गिराएर नेताहरूलाई हिरासतमा राखेको थियो ।
सुकीलाई कहिले जेलमा राखिने हो भन्ने स्पष्ट छैन । पूर्व राष्ट्रपति र सुकीको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका सहयोगी विन मिन्टलाई पनि सोही आरोपमा सोमबार चार वर्षको जेल सजाय सुनाइएको थियो । बीबीसी
सम्बन्धित
















प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया