राखेप सदस्य सचिवलाई ओलम्पिक कमिटिको स्वागत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले जारी भएको नयाँ ऐनमा बन्नुपर्ने नियमावली अन्तिम चरण पुगेको बताएका छन् ।
मन्त्रिपरिषदको निर्णय पछि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङलाई सोमवार नेपाल ओलम्पिक कमिटिले बधाई तथा स्वागत गरेको कार्यक्रममा सदस्य सचिव घिसिङले नयाँ बनेको ऐनमा बन्नु पर्ने नियमावली करिब करिब अन्तिम चरणमा पुगेको र छिट्टै अर्थ र कानुनमा पुगरेर मन्त्रिपरिषदमा टेबुल हुने बताएका हुन ।
यस्तै, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले अघिल्लो सदस्य सचिवनको कार्यकालमा ऐन कार्यान्वयनको गतिमा ढिलाए भएको भन्दै नयाँ सदस्य सचिवनको कार्यकालमा नयाँ ऐनले पूर्णता पाउने बताए ।
सपथ र पदभार ग्रहण गरेसँगै राष्ट्रिय खेलाडीको विमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताएका सदस्य सचिव घिसिङले नजिकिँदै गरेको एसियन गेम्सको तयारीलाई पनि जोड दिन ओलम्पिक कमिटीलाई आग्रह गरे ।
नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका घिसिङलाई मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले सदस्य सचिवमा चार वर्षको लागि नियुक्त गरेको थियो ।
सदस्य सचिवका लागि परेका १८ जनाको नामावलीबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेश गरेको थियो ।
तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई शेरबहादुर नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव भएका छन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया