मंगलबार, पुष १, २०८२

कांग्रेसमा कृष्ण सिटौलाको शक्ति कति ?

नेकपाकालमा बामदेव गौतमले जस्तो चरित्र देखाए, त्यस्तै चरित्र अहिले कांग्रेसभित्र कृष्णप्रसाद सिटौलाले देखाउन थालेका छन्

मेरोन्यूज २०७८ मंसिर २१ गते १२:१३
I

काठमाडौं । कांग्रेसभित्र तेस्रो धारका नेताको परिचय बनाएका छन् – कृष्णप्रसाद सिटौलाले । गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवनको उत्तरार्धतिर सिटौला निक्कै विश्वासिला देखिएका थिए । २०६२/०६३ को दोस्रो जनआन्दोलनसागै सिटौलाको राजनीतिक कद उँचो भएको थियो ।

कारण उनले त्यसवेला कांग्रेसभित्र लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्ष राज्यका अभियन्ताका रुपमा भूमिका खेले । त्यसवेलाका पार्टी सभापति गिरिजाप्साद कोइरालाले पनि उनलाई निक्कै विश्वास गरे ।

जनआन्दोलनपछि उनलाई गिरिजाले गृहमन्त्रालयको वागडोर समेत सम्हाल्ने मौका दिए । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काममा पनि उनैलाई गिरिजाले अगाडी सारे । यसले पनि सिटौला एकाएक राजनीतिको मियो बनेर उदाएका थिए ।

जव गिरिजाप्रसाद कोइरालाको निधन भयो, उनलाई कोइराला समुहकै नेताहरुले विश्वास गर्न चाहेनन । त्यसमा पनि रामचन्द्र पौडेलले उनलाई गणना गर्ने छोडिदिए । त्यसैको रिसमा हो-सिटौलाले कांग्रेसभित्र जन्माएको तेस्रो धार ।

तेस्रो धार नेपालको राजनीतिमा सधै जसो फाइदामै हुने गरेको घटनाक्रमले देखाएको छ । सत्ता राजनीतिमा होस् या आन्तरिक पार्टी राजनीति । वलिया प्रतिस्पर्धीहरुले आफुलाई निर्णायक बनाउन र कामयावी बनाउन पनि तेस्रो धारको सहयोग लिनुपर्ने अवस्था नेपालभित्र देखा पदैं आएको छ । यस्तो बेला तेस्रो धारले आफ्नो समुहलाई बलियो बनाउन र आफनो समुहका स्वार्थ पूरा गराउन ‘सौदावाजी’ गर्ने क्रम निरन्तरतामा चलिरहेको छ ।

नेकपाकालमा (एमाले-माओवादी एकतापछि) जति वामदेव गौतमले आफुलाई केपी ओली र पुष्पकमल दाहाल(प्रचण्ड) वीचमा चल्ने अन्तरसंर्घषमा कहिले ओली त कहिले प्रचण्ड तिर ढल्काएर फाइदा लुटे, कांग्रेसभित्र अहिले सिटौलाको शैली उस्तै छ ।

नेकपाकालमा बामदेवले प्रचण्ड र ओलीका वीचमा पर्ने गरेको शक्ति संर्घषको फाइदा उठाउँदै कहिले विधानमै नभएको उपाध्यक्ष पद आफना लागि सिर्जना गर्न लगाए, कहिले संगठन विभागको प्रमुखसम्मको जिम्मेवारी लिए । कहिले चुनाव हार्दा पनि फेरि चुनाव उठने गरी पार्टीलाई बराले त कहिले राष्ट्रिय सभामा जाने बाटो लिए ।

एमाले माओवादी एकता पछिका कतिपय समय पूरै बामदेवको ब्यवस्थापन र उनलाई रिझायाउनेमै नेताहरुले समय खर्चेका थिए । ठिक त्यस्तै अहिले कांग्रेसभित्र कृष्ण प्रसाद सिटौला निर्णायक बन्दैछन् । यसको फाइदा उनले अहिले आसन्न महाधिवेशनको मुखैमा देउवा र रामचन्द्र पौडेल समुहबाट लिने कोसिस गरिरहेका छन् ।

कांग्रेसमा सिटौला जता ढल्किन्छन्, फेरि कांग्रेसको निर्वाचन परिणाम उतै ढल्किने वातावरण उनले निर्माण गरिरहेका छन् । सोही कारण उनले अहिले आफु र आफनो समुहको ब्यवस्थापनका लागि सौदावाजी गरिरहेका छन् ।

कति छ सिटौलाको शक्ति ?

सिटौला काग्रेसमा तेहौं महाधिवेशनमा भन्दा कमजोर छन् । तर पनि सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवालाई आफनो पक्षको जित दिलाउनका लागि सिटौलाको साथ चाहिएको छ ।

पालिकास्तरमा सहकार्य गरेका देउवा सिटौला अहिले अव केन्द्रीय अधिवेशनको सहकार्यका विषयमा छलफलमा छन् । १३ औं महाधिवेशनमा भन्दा कमजोर रहेपनि तेस्रो धारको नेतृत्व लिईरहेका सिटौला कांग्रेसभित्र तानातानमा परिरहेका छन् ।

यसैको फाइदा उठाउादै उनको एकल शक्तिले कँही कतै नजित्ने भएपनि एउटा अर्काे पक्षको साथ लिएर उनले आफनो समुहका नेताहरुको थोरवहुत ब्यवस्थापन गदै आईरहेका छन् । त्यसैको परिणाम हो – उनले एउटा प्रदेश र ५ ओटा जति जिल्लाको सभापतिमा आफ्ना मान्छेलाई निर्वाचित गराउन सफल भएका छन् ।

अधिवेशन हुन बाँकी रहेको प्रदेश २ वाहेक अधिवेशन सकिएको ६ प्रदेशमध्ये प्रदेश १ मा सिटौलाले प्रदेश सभापति आफ्नो समुहका नेतालाई जिताउन सफल भएका छन् । सिटौलाको आफ्नै गृहजिल्ला झापाका उद्धव थापालाई उनले सस्थापन पक्ष (देउवा पक्ष) सँग मिलेर सभापति निर्वाचित गराउन सफल भएका छन् ।

अघिपछि कतिपय एजेण्डामा देउवाका विरोधी जस्ता देखिएका सिटौला आफना मान्छेको ब्यवस्थापनको निर्णायक घडी आउँदा भने जहाँ आफु मिल्दा आफनो समुह जिताउन सकिन्छ, त्यतै खुल्न थालेका मात्रै छैनन, त्यसैगरी चुनावी समिकरण समेत बनाउन थालेका छन् ।

त्यही क्रममा उनले प्रदेश १ को सभापतिमा बाजी मारेका हुन् ।

सिटौलासँग अहिले झापा, बागलुङ, गोर्खासहित कम्तीमा पाँच जिल्लाको सभापति पनि छ । अधिवेशनवाट सिटौला पक्षका सभापति कम्तीमा ५ जिल्लामा चुनिएका उनको समूहका नेता प्रदीप पौडेल बताउँछन् । अघिल्लो महाधिवेशनमा सिटौला समुहबाट महामन्त्री लडेका गगन थापाले अहिले सिटौला समुह छोडेका छन् । तर सिटौला पक्षले अघिल्लोमा भन्दा आफुहरु थप वलिायो बनेको जिकिर गदै आएको छ ।

‘हामी अघिल्लो महाधिवेशनभन्दा बढी प्रतिनिधिसहित थप बलियो भएका छौं,’ सिटौला पक्षका नेता प्रदीप पौडेलले भने, –‘यो महाधिवेशनमा हामी कहाँबाट कति संख्यामा प्रतिनिधि आएका छौं भनेर जोडघटाउमा लागिरहेका छौं । नतिजा देशभरको हेर्दा हामी पहिलेको तुलनामा थप वलियो भएर आएका छौं ।’

सिटौला समूहमा अहिले पौडेलसहित उमाकान्त चौधरी, भीमसेनदास प्रधान, उद्धव थापा, सुधीर शिवाकोटी, शिवप्रसाद हुमागाईंलगायत नेता छन् । महाधिवेशन प्रतिनिधीको संख्या आफनो समुहले सुनिश्चित जित हासिल गर्नेमा नगन्यमात्र हुने भएपनि निर्णायक हुने ठम्याई सिटौलाको छ ।

त्यही कारण पनि उनी सक्दा आफै देउवासाग वार्गेनिङ गरेर उपसभापति हुन चाहिरहेका छन् । त्यो सम्भव नभएपनि उनी कम्तीमा प्रदीप पौडेल र उमाकान्त चौधरीलाई पदाधिकारीसहित आफूनिकट अन्य नेतालाई केन्द्रीय समितिमा पुर्‍याउन चाहन्छन् ।

त्यसैका लागि उनले अहिले सभापतिका वलिया आकाक्षीहरुसँग वार्गेनिङ चलाईरहेका छन् । पालिका देखि प्रदेश अधिवेशनसम्मको सिनारियो हेर्दा भने उनले सभापति देउवासँगै समिकरण बनाउने सम्भावना वढेर गएको छ ।

सिटौलाको भातृ सस्थामा पनि उस्तै दाउ


सिटौलाले आफनो तेस्रो धार कांग्रेसभित्र रहेको प्रमाािणत गरिसकेका छन् । त्यही जगमा उनले भातृ सस्थामा पनि आफनो समुहका नेताहरुको ब्यवस्थापनमा यस अगाडी अहिले अवलम्बन गरेकै रणनिित प्रयोग गरेका थिए । अर्थात भातृ सस्थामा आफ्ना मान्छेलाई पदाधिकारी त्यसमा पनि कार्यकारी भुमिका सहितको पदाधिकारीमा ब्यवस्थापन गर्न जुन समुह (देउवा या पौडेल) सँग मिल्दा फाइदा हुन्छ, त्यही अनुसारको रणनीति अवलम्बन गरेका थिए ।

नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघमा भागबण्डा गरी पदाधिकारीमा सिटौलाले आफ्नो पक्षलाई स्थान यस अगाडी दलाउन सफल भएका थिए । सिटौलाले देउवा पक्षसँग भ्रातृ र शुभेच्छुक संस्थामा सहकार्यको क्रम टुंग्याएका थिए। नेपाल शिक्षक संघ, कर्मचारी संघ, इन्जिनियर लगायतको अधिवेशनमा सिटौला पक्षले पौडेल पक्षसँग गठबन्धन गरेको थियो।

यसरी बामदेवले नेकपा कालमा प्रचण्ड र ओलीका वीचमा कहिले ओली त कहिले प्रचण्डसँग मिलेर आफनो ब्यवस्थापन गराउन सफल भए त्यसैगरी सिटौला पनि काग्रेसमा त्यसैगरी आफु र आफनो समुहका नेताहरुको ब्यवस्थापनमा जुटिरहेका छन् ।

प्रतिक्रिया