रुसी सहयोगमा भारतले अत्याधुनिक हतियार उद्योग खोल्ने
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा सम्झौता

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित अमेठीमा रुसको सहयोगमा भारतले हतियार उद्योगको स्थापना गर्ने भएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच भएको रक्षा सम्झौतामा भारतको उत्तर प्रदेशमा हतियार उद्योग स्थापना गर्ने उल्लेख छ ।
पाँच हजार १०० करोड भारतीय रुपैयाँको उक्त सुरक्षा सम्झौताअन्तर्गत ६ लाख अत्याधुनिक हतियार एके–२०३ राइफल उत्पादन गरिने सम्झौतामा छ । नयाँ राइफल अहिले भारतीय सेनाले प्रयोग गर्ने इन्सास राइफलको तुलनामा धेरै हलुंगो र सानो हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
रूसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्तापछि ९९ बुँदाको संयुक्त वक्तव्य जारी गरिएको थियो । जसमा अन्तरिक्ष, विज्ञान, औद्योगिक, आतंकलगायतका मुद्दा समावेश छन् । ६ घण्टाका लागि मात्रै भारत आएका पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा वार्ता भएको थियो ।
प्रतिक्रिया