शुक्रबार, पुष ४, २०८२

बुद्ध एयरको उपहार, बेहुलाबेहुलीलाई निःशुल्क टिकट

मेरोन्यूज २०७८ मंसिर २१ गते १८:४५

काठमाडौं । बुद्ध एयरले मंसिरको विवाहको महिनालाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।

नयाँ अफरमा आफ्नो विमानमा यात्रा गर्ने बेहुला–बेहुलीलाई काठमाडौं–पोखराको दुईतर्फीकै टिकट निःशुल्क दिने घोषणा गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले नव विवाहित जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने जनाएको हो ।

यसका लागि बेहुला–बेहुलीले बिहेको लुगामै बुद्ध एयरमा यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया