पौडेल समूहको बैठक बुधबार फेरि अनुपम फुडल्याण्डमा
साझा उम्मेदवारका लागि सहमति नजिक, बुधबार बेलुका सार्वजनिक गर्ने
मेरोन्यूज
२०७८ मंसिर २१ गते १९:५२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको दुई दिनसम्मको लगातारको छलफलले निकास दिन नसकेपछि बुधबार विहानैदेखि फेरि छलफलमा जुट्ने भएका छन् ।
बुधबार विहान काठमाडौंको अनुपम फुडल्याण्डमा जुट्ने गरी मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारमा बसेको ६ घण्टा लामो बैठक सकिएको छ ।
प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि बरिष्ठ नेता पौडेलले साझा उमेदवार बनाउने विषयमा सबै सहमति नजिक पुगेको बताउँदै भोलि (बुधबार) बेलुकासम्म सार्वजनिक गर्ने बताएका हुन् । उनले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ । भोलि बेलुकासम्म हामीले साझा उम्मेदवार तोक्छौँ ।’
त्यसैगरी, डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि आफ्नो दाबी छाडेको बताए । उनले भने– ‘रामचन्द्र पौडेल जीले एकपटकका लागि मलाई छाडिदिन भन्नुभयो । मैले छाड्न तयार भएको हँु ।’
सम्बन्धित


















डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया