पौडेल समूहको बैठक बुधबार फेरि अनुपम फुडल्याण्डमा
साझा उम्मेदवारका लागि सहमति नजिक, बुधबार बेलुका सार्वजनिक गर्ने
मेरोन्यूज
२०७८ मंसिर २१ गते १९:५२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको दुई दिनसम्मको लगातारको छलफलले निकास दिन नसकेपछि बुधबार विहानैदेखि फेरि छलफलमा जुट्ने भएका छन् ।
बुधबार विहान काठमाडौंको अनुपम फुडल्याण्डमा जुट्ने गरी मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारमा बसेको ६ घण्टा लामो बैठक सकिएको छ ।
प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि बरिष्ठ नेता पौडेलले साझा उमेदवार बनाउने विषयमा सबै सहमति नजिक पुगेको बताउँदै भोलि (बुधबार) बेलुकासम्म सार्वजनिक गर्ने बताएका हुन् । उनले भने, ‘सहमतिको निकै नजिक पुगेका छौँ । भोलि बेलुकासम्म हामीले साझा उम्मेदवार तोक्छौँ ।’
त्यसैगरी, डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि आफ्नो दाबी छाडेको बताए । उनले भने– ‘रामचन्द्र पौडेल जीले एकपटकका लागि मलाई छाडिदिन भन्नुभयो । मैले छाड्न तयार भएको हँु ।’
सम्बन्धित










अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
कर्णालीबाट वैदेशिक रोजगारी : सल्यानबाट सबैभन्दा बढी, डाेल्पा कम
यस्तो छ आजकाे निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया