आइतबार, पुष ६, २०८२

चेम्बर र लर्ड बुद्ध फाउण्डेशनले ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने

मेरोन्यूज २०७८ मंसिर २१ गते २०:११

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम ई–बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएका छन् ।

प्रत्येक प्रदेशमा बीबीएम इ बिजनेश पढ्न चाहने एक जना छात्रालाई पूर्ण निशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन शुल्कमा शत प्रतिशत र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरि फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको हो ।

समझदारीपत्रमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे । चेम्बरसँगको सहकार्यमा फाउण्डेसनले स्नातक तहको पढाईका १ करोड १७ लाख रुपैँया सहयोग गर्ने फाउण्डेसनका अध्यक्ष जलानले बताए ।

चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरि आर्थिक सहयोग उपलव्ध गराउने बताउनुभयो । लक्षित वर्गमा सो सहयोग रकम पुगोस् भन्नेमा चेम्बर सजग रहेको मल्लको भनाई छ ।

सुचना प्रविधिको विकाससँगै अबको दिनमा ई–बिजनेश शिक्षा प्रभावकारी हुने जलानले बताए । खल्ती वालेटसँगको सहकार्यमा पढाई पूरा गरेका विद्यार्थीलाई रोजगारीसमेत उपलव्ध गराउने गरि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले ई–बिजनेशमा स्नातक तह पार गरेका विद्यार्थीलाई खल्तिले २ वर्षसम्म सशुल्क इन्टर्नसीपको व्यवस्था गराउने बताए ।

समझदारीपत्र हस्ताक्षर समारोहमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र शिक्षा समिति सभापति दिपककाजी तुलाधरको पनि सहभागिता थियो ।

प्रतिक्रिया