शेखरलाई सभापतिको उम्मेदवारी बनाउन अन्तिम प्रयासमा पौडेल समुह

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन अब दुई घण्टा मात्र बाँकी हुदाँ पनि संस्थापन इतर समुहले सभापतिको साझा उम्मेदवार छान्न सकेको छैन् । अहिले पनि साझा उम्मेदवार छान्ने कसरतमै छ ।
संसथापन इतर (रामचन्द्र पौडेल) समुहमा चार जना सभापतिका आकांक्षी मध्ये अहिले दुई जना मात्र देखिएका छन् । त्यसमा पनि प्रकाशमान सिंह र शेखर कोइरालाले अडान नछाडेपछि पौडेल समुहले सभापतिका साझा उम्मेदवार छान्न सकेको छैन । सिंहले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए प्रतिस्पर्धामा जानुपर्ने अडान राख्दै आएका छन् । शिहीबार साँझ युवा नेताहरुको छलफलमा उनले सभापतिको दाबीबाट पछि नहट्ने बताएका थिए ।
सभापतिको साझा उम्मेदवार छान्न अन्तिम प्रयासमा रहेको संस्थापन इतर समुहको बैठक पौडेल निवास बोहोराटारमा जारी छ । युवा नेताहरुसहितको उक्क्त बैठकले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्ने विषयमा छलफल भएको एक नेताले बताए । ति नेताले भने, ‘सिंहले दाबी नछाडेपछि शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सार्ने विषयमा हाम्रो छलफल भइरहेको छ । महाधिवेशन उद्घाटन अघि नै त्यसको टुंगो लाग्छ होला ।’

















यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया