देउवाको प्यानलमा डन गणेश लामादेखि खुमबहादुरकी श्रीमतीसम्म

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा फेरि दोहोरिने गरी गरेको प्यानलसहितको उम्मेदवारीमा विभिन्न पृष्ठभूमिका व्यक्ति समेटिएका छन् । देउवाको प्यानलमा विजयकुमार गच्छेदारसँग रहेका काभ्रेका डन गणेश लामादेखि पूर्व गृहमन्त्रीसमेत भएका दिवंगत नेता खुमबहादुर खडकाका श्रीमती शीला शर्मा खड्कासम्म परेका छन् ।
देउवाको प्यानलमा रसुवाका ठेकेदार मोहन आचार्य, डन गणेश लामासहितका विभिन्न पृष्ठभूमिका नेताहरू खुल्ला ३५ जना केन्द्रीय सदस्यकै सूचीमा परेका हुन् । केन्द्रीय सदस्यको महिला ९ जनामध्ये ७ जनाको नाम मात्रै देउवाले सिफारिस गरेका छन् । यो सूचीमा देउवाले आफ्नै पत्नी
डा. आरजु देउवा राणालाई समेत समेटेका छन् ।
प्रत्येक प्रदेशबाट एक महिलासहित ३ जना चुनिनेमा लुम्बिनीबाट देउवाको टिममा खुमबहादुर खड्काको श्रीमती परेकी छन् । खड्काकी श्रीमती शीला शर्मा खड्कालाई देउवाले आफ्नो टिममा राखेका हुन् ।
केन्द्रीय सदस्य आदिवासी जनजातिको कोटामा ७ महिलासहित १५ जनामा उनले व्यापारीसमेत रहेका पूर्व राज्यमन्त्री उमेश श्रेष्ठलाई समेत समेटेका छन् । केन्द्रीय सदस्य खस आर्य ६ महिलासहित १३ जना चुनिनेको सूचीमा वर्तमान गृहमन्त्री रहेका बालकृष्ण खाँणको श्रीमती मञ्जु खाँणसमेत परेकी छन् ।
गृहमन्त्री खाँण महामन्त्रीका आकांक्षी थिए । तर, पदाधिकारीमा स्थान पाउन नसकेपछि उनी खुल्ला केन्द्रीय सदस्यमा थन्किएका छन् । उनको दम्पत्ति नै देउवाको प्यानलमा परेका छन् ।
यस्तै, उद्योगपतिसमेत रहेका विनोद चौधरी पनि देउवाको प्यानलमा परेका छन् । उनी केन्द्रीय सदस्य मधेसी ४ महिलासहित ९ जना चुनिनेको सूचीमा छन् । उनले मधेसी आरक्षणमा उम्मेदवारी दिएका छन् ।
यो पनि पढ्नुहोस् :
देउवाको अन्तिम सूचीमा को-को परे ? (सूचीसहित)
पौडेल निवास पुगेर प्रधानमन्त्रीले भने : राजनीतिबाट नबाहिरिनुहोस्

















नेमकिपाकाे गढ भक्तपुर-१मा रास्वपाका रन्जित विजयी
झापा-५ मा ओलीभन्दा बालेन २९ हजार मतले अगाडि
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया