महोत्तरीको पडौलमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा शुरु
मेरोन्यूज
२०७८ मंसिर २६ गते १८:२४

काठमाडांै । सिटिजन्स बैंकले महोत्तरीको पडौलमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।
बैंकले महोत्तरी जिल्लाको बलवा नगरपालिका, पडौलमा २४ गतेबाट ८७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको अधिकारीले जानकारी दिए ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
सिटिजन्स बैंकले देशैभरी आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सम्बन्धित

















पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
प्रतिक्रिया