आइतबार, पुष ६, २०८२

महोत्तरीको पडौलमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा शुरु

मेरोन्यूज २०७८ मंसिर २६ गते १८:२४

काठमाडांै । सिटिजन्स बैंकले महोत्तरीको पडौलमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।

बैंकले महोत्तरी जिल्लाको बलवा नगरपालिका, पडौलमा २४ गतेबाट ८७ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको अधिकारीले जानकारी दिए ।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

सिटिजन्स बैंकले देशैभरी आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ८७ वटा शाखारहित बैंकिङ्ग इकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया