कांग्रेस महाधिवेशन
शेखर कोइरालाले भने – देउवाजी नडराउनुस्, तपाईँ हारे पनि गठबन्धन टुट्दैन
गठबन्धनसहित चुनावमा होमिने काेइरालाकाे प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेस १४ औ महाधिवेशनका सभापतिका पदका उम्मेदवार शेखर कोइरालाले आफूले चुनाव जिते पनि गठबन्धनसहित नै चुनावमा जाने प्रतिवद्धता जनाएका छन् ।
महाधिवेशनमा मतदान हुनुभन्दा एक दिनअघि पत्रकार सम्मेलन गरी कोइरालाले आफूल हारेमा गठबन्धन टुट्ने भनी कार्यकर्तालाई निरास नपार्न पनि आग्रह गरेका छन् । उनले देउवाले हारे पनि गठबन्धन नटुट्ने प्रतिवद्धता जनाएका छन् ।
“देउवाजीले कांग्रेस कार्यकताहरुलाई निरास पार्न खोज्नु भएको छ, मलाई सभापति बनाइएन भने गठबन्धन सरकार हट्छ भन्नू भएको छ’, कोइरालाले भने, तर म तपाईंहरुको सामु प्रण गर्छु, गठबन्धनसहित चुनावमा होमिन्छौं ।’’
कोइरालाले यस पटक एकै पटक आफूलाई जिताउनका लागि कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।
कोइरालाले आफू नेतृत्वमा आएछि भ्रातृ संगठन सुदृढ गरेर लैजाने प्रतिवद्धता जनाएका छन् । सोमवार हुने निर्वाचनमा कुनै उपगुटमा नलागि आफूलाई विजयी गराउन प्रतिनिधिहरुलाई आग्रह गरे ।
उनका अनुसार हाम्रो टिममा अनुभव भएका नेताहरु रहेका छन् । उनले यो प्रतिस्पर्धा स्वास्थ प्रथिस्पर्धा हो, अन्यथा नलिन पनि आग्रह गरेका छन् । यो सुदृढ नेपाली कांग्रेस बनाउने अभियान भएको उनले जनाए ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया