सोमबार, पुष ७, २०८२

कांग्रेस महाधिवेशन

शेखर कोइरालाले भने – देउवाजी नडराउनुस्, तपाईँ हारे पनि गठबन्धन टुट्दैन

गठबन्धनसहित चुनावमा होमिने काेइरालाकाे प्रतिबद्धता

मेरोन्यूज २०७८ मंसिर २६ गते १९:०५

काठमाडौं । नेपाली कांग्रेस १४ औ महाधिवेशनका सभापतिका पदका उम्मेदवार शेखर कोइरालाले आफूले चुनाव जिते पनि गठबन्धनसहित नै चुनावमा जाने प्रतिवद्धता जनाएका छन् ।

महाधिवेशनमा मतदान हुनुभन्दा एक दिनअघि पत्रकार सम्मेलन गरी कोइरालाले आफूल हारेमा गठबन्धन टुट्ने भनी कार्यकर्तालाई निरास नपार्न पनि आग्रह गरेका छन् । उनले देउवाले हारे पनि गठबन्धन नटुट्ने प्रतिवद्धता जनाएका छन् ।

“देउवाजीले कांग्रेस कार्यकताहरुलाई निरास पार्न खोज्नु भएको छ, मलाई सभापति बनाइएन भने गठबन्धन सरकार हट्छ भन्नू भएको छ’, कोइरालाले भने, तर म तपाईंहरुको सामु प्रण गर्छु, गठबन्धनसहित चुनावमा होमिन्छौं ।’’

कोइरालाले यस पटक एकै पटक आफूलाई जिताउनका लागि कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।

कोइरालाले आफू नेतृत्वमा आएछि भ्रातृ संगठन सुदृढ गरेर लैजाने प्रतिवद्धता जनाएका छन् । सोमवार हुने निर्वाचनमा कुनै उपगुटमा नलागि आफूलाई विजयी गराउन प्रतिनिधिहरुलाई आग्रह गरे ।

उनका अनुसार हाम्रो टिममा अनुभव भएका नेताहरु रहेका छन् । उनले यो प्रतिस्पर्धा स्वास्थ प्रथिस्पर्धा हो, अन्यथा नलिन पनि आग्रह गरेका छन् । यो सुदृढ नेपाली कांग्रेस बनाउने अभियान भएको उनले जनाए ।

प्रतिक्रिया