मंगलबार, पुष ८, २०८२

गगनको विश्वासः कांग्रेसको भविष्य मतदाताले निर्धारण गर्छन्

मेरोन्यूज २०७८ मंसिर २६ गते १९:२४

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका पदका उम्मेदवार गगन थापा कांग्रेसको भविष्य मतदाताले निर्धारण गर्ने कुरामा विश्वस्त देखिएका छन् ।

संस्थापन इतर पक्षको शेखर कोइराला प्यानलबाट महामन्त्री पदका उम्मेदवार थापाले कांग्रेसमा एमालेमाजस्तो लिस्ट पढेर बिजयी घोषणा नगरिने बताए ।

‘एमालेको जस्तो मतदाता घाम तापेर बसेर ओलिबा जस्तो लिष्ट लिएर पढे जस्तो कांग्रेसमा हुँदैन ।’– थापाले भने । उनले चुनाव जित्न मतदाता नै भेट्नु पर्ने बताए ।

शेखर कोइराला सभापति भएपछि कुनै गुटको नेता नहुने पनि गगनले स्पष्ट गरे । निर्वाचनको अन्तिम कसरतमा रहेका थापा कार्यक्रममा निकै प्रफूल्ल मुद्रामा देखिएका थिए ।

सोमवार मतदान हुने भएपछि दिन रात नै उम्मेदवारहरु प्रतिनिधिहरुसँगको भेटघाट गर्दै अन्तिम कसरतमा लागिरहेका छन् ।

प्रतिक्रिया