रामचन्द्र पौडेलले मतदान नगरी तटस्थ बस्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न नसकेको नेता रामचन्द्र पौडेलले सोमवारको मतदानमै भाग नलिने भएका छन् ।
संस्थापन इतर पक्षबाट डा. शेखर कोइराला र प्रकाशमान सिंहले छुट्टाछुट्टै उम्मेदवारी दिएपछि पौडेल प्रतिष्पर्धाबाटै बाहिरिएका थिए ।
आइतबार लोकतान्त्रिक प्रतिष्पर्धाको आदर्शको मूल्यलाई जोगाउन आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका पौडेल आफैले मतदान नगर्ने भएका छन् ।
पौडेलले मतदानमा भाग नै नलिने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले मेरोन्यूजलाई बताए ।
‘रामचन्द्र दाइले यसपटक मतदान गर्नुहुुन्न । उहाँ तटस्थ बस्नुहुन्छ ।’– पौडेलका स्वकीय चिरञ्जीवी अधिकारीले भने ।
संस्थापनइतर समूहबाट पौडेल सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा भए पनि आफ्नै समूहका आकांक्षीहरुले नछाडेपछि उनी प्रतिष्पर्धाबाटै बाहिरिएका थिए ।
कांग्रेसको नयाँ नेतृत्वको दौडमा पाँच जना छन् । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
सभापतिसहित १३४ पदका लागि सोमवार विहानबाट मतदान शुरु भएको छ ।
यो पनि पढ्नुस्
कतै खुलेनन् रामचन्द्र पौडेल, विवेक प्रयोग गर्न अपिल















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया