कांग्रेस महाधिवेशन
कांग्रेसमा अब नयाँ खेल कि झेल ?

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा बहुमत पुग्न नसकेपछि सभापति पदका लागि पुनः दोस्रो चरणमा निर्वाचन हुने भएको छ ।
सभापति पदका पाँच उम्मेदवार मध्ये सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवालाई मात्र ८१ मत अपुग रह्यो । आफ्नो पक्षका नेता विमलेन्द्र निधिलाई मिलाएर लैजान सकेको भए पहिलो चरणमै देउवा सभापति बन्ने थिए । देउवाले वेवास्ता गरेर निधिलाई रुष्ट बनाए । निधिले चुनावमा पराजित हुने जानेरै देउवाकै भोट काट्न उम्मेदवारी दिए ।
निधिले साथ दिएको भए पहिलो निर्वाचन परिणामअनुसार देउवाले सहजै जीत हात पारेका थिए । पहिलो चरणमा देउवाले २२ सय ५८ मत प्राप्त गर्दा निधिले २ सय ४९ मत प्राप्त गरे । यो मत देउवाका जीतका लागि प्रयाप्त थियो ।
यता, संस्थापन इतर पक्षका नेता प्रकाशमानको अडानले गर्दा रामचन्द्र पौडेलले प्रतिष्पर्धाबाट बाहिरिनु पर्यो । पौडेलले साझा उम्मेदवार बनाउनका लागि त्यागको भावनासमेत देखाएका थिए । तर सिंहले टेरेनन् । तर सिंहले सोंचेजस्तो परिणाम पनि आएन । सिंहको हैसियत झण्डै झण्डै निधिकै जस्तो देखियो ।
संस्थापन इतर पक्षका नेता डा.शेखर कोइरालाले १७ सय २९ मत पाउँदा प्रकाशमानले मात्रै ३ सय ७१ मत प्राप्त गरे । यसले कांग्रेसको संस्थापन इतर पक्षमै प्रकाशमानको अवस्था कमजोर देखियो । संसदीय निर्वाचनमा सिंहले आफूले पाएको मत देखेर आफूलाई कांग्रेसमा बलियो ठानेका थिए । काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रका खासगरी नेवार समुदायमा सिंहको राम्रो पकड छ । यो पकडलाई समेत यो नजिताले प्रभाव पार्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
अब देउवासँग रुष्ट बनेका निधिले देउवालाई हराउने रणनीति बनाए भने र संस्थापन इतर पक्षमा एक ठाउँमा उभिएको खण्डमा देउवालाई नयाँ नेतृत्व हत्याउन हम्मे हम्मे पर्नेछ । अब देउवा र कोइरालाले कस्तो खेल खेल्छन् भन्नेमा भर पर्छ ।
देउवा सत्ता र शक्ति हत्याउन माहिर खेलाडी हुन् । त्यसैले उनको चतुर्याई खेलमा मात्रै होइन, झेलमा पनि हुन्छ भन्ने अड्कल धेरैको छ । आफ्नो राजनीतिलाई बचाई राख्न प्रतिष्पर्धाबाट बाहिरिएका नेता रामचन्द्र पौडेल फेरि पनि मौन बस्नेछन् वा नयाँ रणनीतिमा साथ दिनेछन्, त्यसले पनि प्रभाव पार्ने देखिएको छ ।
सभापति पदको दोस्रो चरणको निर्वाचनअघि अन्य पदाधिकारीको मत गणना गर्ने हो भने दोस्रो चरणमा परिणाम अर्कै बन्ने निश्चित छ । त्यसैले अन्य मत गणना नगरी सभापति पदमा दोस्रो चरणमा निर्वाचन गर्ने पक्षमा कांग्रेसको निर्वाचन समितिले तयारी थालेको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया