कांग्रेस सभापतिको दोस्रो निर्वाचन दिउँसो साढे ३ बजे

काठमाडौं । नेपाली कांग्रेसको सभापति चुनाव पून दिउँसो साढे ३ बजेवाट शुरु हुने भएको छ । सभापतिको पहिलो चरणमा निर्वाचन भिडेका ५ प्रत्याशीमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।
सबैभन्दा वढी मत ल्याएका सभापतिका आकांक्षी शेरबहादुर देउवाले ८२ मत पुराउन नसक्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको हो ।
अब देउवा र अर्का प्रत्याशी शेखर कोइरालाकावीचमा चुनाव हुन लागेको हो ।
दिउँसो ३ वजेर ३० मिनेटदेखि निर्वाचन शुरु गर्ने गरी समय तय गरिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको सभापति चुनावमा अव प्रकशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक देखिएका छन् ।
त्यस्तै, बदर भएको ७७ मतलाई पनि सही प्रयोगमा ल्याउन सक्नुपर्ने देखिएको छ । देउवाका लागि विमलेन्द्र या प्रकशमान मध्ये एकलाई फकाए पनि पुग्ने देखिन्छ भने शेखरलाई यी सबै मिलाउनु पर्ने हुन्छ ।
निधि नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन् । उनले प्रकाशमानसँग टेलिफोन सम्वाद गरेर नेतृत्व परिवर्तनमा जानुपर्ने बताएका छन् । प्रकाशमान फकाउन भने देउवाको दूतका रुपमा गृहमन्त्री बालकृष्ण खाँण सिंह निवास चाक्सीबारी पुगेका थिए । त्यसलगत्तै शेखर कोइरालाले पनि सिंहसँग भेटवार्ता गरेको बताइएको छ ।
तर सिंहले आफनो टिमका नेताहरुसँग छलफल गरेर मात्रै निर्णय लिइने जवाफ देउवा कोइरालालाई दिएका छन् । सभापतिको पुनः मतदानपछि मात्र अन्य पदाधिकारी तथा सदस्यहरुमा भएको मतदानको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा सभापतिका उम्मेदवारले भने खसेको मतको ५१ प्रतिशत मत अनिवार्य ल्याउनु पर्ने ब्यवस्था छ । त्यसो नभए निर्वाचनमा बढी मत ल्याउने दुई उम्मेदवारकावीचमा पून मतदान हुने ब्यवस्था छ । त्यही आधारमा फेरि देउवा र कोइरालाकाबीचमा निर्वाचन हुन लागेको हो ।


















बालेनको निर्वाचन खर्च १४ लाख १७ हजार
गुल्मीमा खोलामा डुबेर एक युवकको मृत्यु
समानुपातिक मतगणनाः सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
समानुपातिकमा तनहुँमा रास्वपा पहिलो
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया