बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, साँझ ५ बजे सपथ
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गर्दैछन् । मंगलवार साँझ ५ बजे मन्त्रीहरुको सपथ ग्रहणको कार्यक्रम तय भएको छ ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठवन्धन सरकार बनेपछि मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे चयन भएका थिए । उनले सत्ता गठवन्धन दलका नेताहरुलाई मन्त्रालय भागवन्डा मिलाउन नसक्दा मन्त्रालय टुक्राएरै विस्तार गर्न लागेका हुन् । वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद छ । मन्त्रालय टुक्राएर अहिले संख्या ८ बाट बढाएर १४ पुर्याइएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने विस्तार हुने मन्त्रीहरुको नाम टुंग्गो लगाईसकेको छ भने कांग्रेसले अझै टुग्गाउन बाँकी छ ।
मन्त्रीहरुको नाम टुंग्गो लागेपनि उनीहरुले पाउने मन्त्रालयका विषयमा भने अझै छलफल हुन वाँकी रहेको मन्त्री हुन लागेका माओवादी केन्द्रका सांसद रत्न ढकालले मेरोन्यूजलाई जानकारी दिए ।
माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्ने छन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया