कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु, देउवाले हाले भोट (तस्वीरहरु)

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका लागि पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नआएपछि दोस्रो चरणमा मतदान सुरु भएको हो ।

पहिलो चरणमा सभापतिका ५ उम्मेदवार रहेका मध्ये कसैको पक्षमा पनि बहुमत आएको थिएन । दोस्रो चरणमा शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुन लागेको हो ।
सभापतिका उम्मेदवार समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले मतदान गरिसकेको उनका स्वीकय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

काठमाडौँको राष्ट्रियसभा गृहमा कायम गरिएको मतदानस्थलमा सभापतिका दुवै प्रत्यासी प्रधानमन्त्री देउवा र नेता कोइराला मतदान स्थलमा उपस्थित छन् । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ । विधान अनुसार, पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया