भीभो स्मार्टफोनको चौथो वर्षः “भीभो सेल्स कार्निभल” सुरु

काठमाडौं । स्मार्टफोन ब्राण्ड, भीभोले नेपालमा चार वर्ष पूरा गरेको छ । चौथो वार्षिकोत्सवका अवसरमा “भीभो सेल्स कार्निभल” सुरु भएको छ ।
सेल्स कार्निभलको उद्घाटन गर्दै हुँदै ब्राण्ड एम्बेसडर अभिनेता प्रदीप खड्काले भीभोले अत्याधुनिक प्रविधिको प्रयोग गरी ग्राहकहरुलाई सन्तोष प्रदान गर्दै आएको बताए ।
भीभोले आफ्ना ग्राहकलाई उच्चस्तरीय उत्पादनले सुविधा दिनुका साथै उनीहरुको आवश्यकता र मागलाई परिपूर्ति गर्दै लैजाने उनले उल्लेख गरे ।
स्थानीय ग्राहकहरुलाई आकर्षित गर्न भीभोले हरेक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ । कार्निभलमा आकर्षक उपहारहरु र सहुलियतको व्यवस्था गरिँदै आएको छ ।
भीभोको भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस् को खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु ग्राहकले जित्ने मौका पाउने जनाइएको छ । साथै कार्निभलको अवधिमा भीभोको फोन खरिद गर्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप ६ महिनाको वारेण्टी पाउने नेपालको आधिकारिक डिलरले जनाएको छ । डिसेम्बर १५ तारीख देखि २२ दिन अर्थात् ५ जनवरी २०२२ सम्म सेल्स कार्निभल सञ्चालन हुने जनाइएको छ ।
भीभो ब्राण्ड नेपाली बजारमा स्मार्टफोनको लागि उत्कृष्ट स्तरमा पुग्नुका साथै अत्यधिक बिक्री हुने स्मार्टफोन बनेको कम्पनीले जनाएको छ ।
चौथो वार्षिकोत्सवको अवसरमा खड्काले बुधबार नै बजारमा नयाँ प्रवेश गरेको वाई सिरिज अन्तर्गतको वाई १५ स्मार्टफोनको लञ्च गरेका छन् ।
यस्तै, भीभोले नेपाल अर्फन एण्ड हेल्पलेस चिल्ड्रेन डेभलपमेन्ट एशोसिएसनसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वको भूमिका निवार्ह गरेको छ । जसमा दि न्यू युथ चिल्ड्रेन डेभलपमेन्ट सोसाइटी र न्यु चिल्ड्रेन्स होमको पनि सहभागिता रहनेछ ।
भिभोको वार्षिक उत्पादन क्षमता २ सय मिलियन छ भने ५० भन्दा बढी मुलुकमा शाखा सञ्जाल रहेका छन् ।

















इरानमा आक्रमणकाे विराेध गर्दै चिनिया विदेशमन्त्रीकाे इजरायलका विदेशमन्त्रीलाई फाेन
निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
खामेनीको मृत्युले विश्व तरंगित
प्रतिक्रिया