आइतबार, पुष ६, २०८२

सिटिजन्स बैंकको प्रिभिलियज काउन्टर विस्तार

मेरोन्यूज २०७८ मंसिर २९ गते १९:००

सिटिजन्स बैंकले लुम्बिनी प्रदेशको बुटवलको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा काउन्टर विस्तार गरेको छ ।

यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा कमलादी ,काठमाण्डौंमा रहेको प्रिभिलियज काउन्टरबाट मात्र आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दे आएको थियो ।

साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया