एमाले नेताहरूको जिम्मेवारी बाँडफाँड, वरियता तोकियो (अपानीसहित)

काठमाडौँ । नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशनपछि बसेको पहिलो र दोस्रो बैठकपछि पहिलो अन्तरपार्टी निर्देशन–१ (अपानी)जारी भएको छ । अपानीमा बैठकमा भएका सबै निर्णयहरु पठाइएको छ ।
केन्द्रीय कमिटीबाट गरिएको जिम्मेवारी बाँडफाँड, वरियता निर्धारण, केन्द्रीय सदस्यहरुको मनोनयनसम्म समेटिएको र जनवर्गीय संगठनको अधिवेशन, जिल्ला र प्रदेश अधिवेशनहरुको मिति समेत समेटिएको छ । पार्टीका निर्णय तथा निर्देशलाई तल्ला कमिटीमा पठाउन एमालेले अन्तर पार्टी निर्देशन जारी गर्ने गर्दछ ।
एमाले महासचिव शंकर पोखरेलले अन्तर पार्टी निर्देशन–१ केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र प्रदेश तथा जिल्ला कमिटीले पाउने गरी इमेल गरिएको जानकारी दिए । एमालेले महाधिवेशनपछिका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार (आज)नै पत्रकार सम्मेलन पनि गर्दै छ ।
एमालेले पार्टी इतिहासमा पहिलोपटक विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन अलग–अलग रुपमा आयोजना गरेको थियो । विधान महाधिवेशनबाट राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित गरी कार्यान्वयनमा आइसकेका छन् ।
अपानीमा राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा आंशिक संशोधन गर्नुका साथै ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । अन्तर पार्टी निर्देशनमा महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको चितवनमा बसेको पहिलो पूर्ण बैठक र मंसिर २५ र २६ गते जर्मन होम्स हस्पिटालिटी, भक्तपुरमा बसेको दोस्रो पूर्ण बैठकका निर्णयहरु पठाइएको एमालले जनाएको छ ।
















राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया