विधान सम्पादन र नियमावली संसोधन गर्न एमालेको कार्यदल गठन

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको दशौं राष्टिय महाधिवेशनवाट प्राप्त सुझावहरुका आधारमा विधान सम्पादन गर्न र विधानको नयाँ ब्यवस्था अनुसारको नियमावली संसोधनका लागि कार्यदल गठन गरेको छ । पार्टीको दोस्रो पूर्ण बैठकले त्यस्तो कार्यदल गठन गरेको हो ।
कार्यदलको संयोजकमा उपाध्यक्ष विष्णु पौडेलले जिम्मेवारी पाएका छन् ।
उक्त कार्यदलको सदस्यमा संगठन विभागका प्रमुखको जिम्मेवारी पाएका खगराज अधिकारी र कानुनका जानकार रहेका र ओली प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता समेत रहेका केन्द्रीय सदस्य रमेश वढालले जिम्मेवारी पाएका छन् ।
महाधिवेशनका तत्कालिन उपमहासचिव र संगठन विभागका तर्फबाट विष्णु पौडेलले विधान संसोधन प्रस्ताव महाधिवेशन हलमा प्रस्ताव गरेका थिए । सोही आधारमा अहिले विधानको महाधिवेशनको सुझावका आधारमा सम्पादन गर्ने र त्यस अनुसारको नियमावली संसोधन गर्ने जिम्मा एमालेले विष्णु पौडेललाई नै जिम्मा दिएको हो ।

















डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ
प्रतिक्रिया