विधान सम्पादन र नियमावली संसोधन गर्न एमालेको कार्यदल गठन

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको दशौं राष्टिय महाधिवेशनवाट प्राप्त सुझावहरुका आधारमा विधान सम्पादन गर्न र विधानको नयाँ ब्यवस्था अनुसारको नियमावली संसोधनका लागि कार्यदल गठन गरेको छ । पार्टीको दोस्रो पूर्ण बैठकले त्यस्तो कार्यदल गठन गरेको हो ।
कार्यदलको संयोजकमा उपाध्यक्ष विष्णु पौडेलले जिम्मेवारी पाएका छन् ।
उक्त कार्यदलको सदस्यमा संगठन विभागका प्रमुखको जिम्मेवारी पाएका खगराज अधिकारी र कानुनका जानकार रहेका र ओली प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता समेत रहेका केन्द्रीय सदस्य रमेश वढालले जिम्मेवारी पाएका छन् ।
महाधिवेशनका तत्कालिन उपमहासचिव र संगठन विभागका तर्फबाट विष्णु पौडेलले विधान संसोधन प्रस्ताव महाधिवेशन हलमा प्रस्ताव गरेका थिए । सोही आधारमा अहिले विधानको महाधिवेशनको सुझावका आधारमा सम्पादन गर्ने र त्यस अनुसारको नियमावली संसोधन गर्ने जिम्मा एमालेले विष्णु पौडेललाई नै जिम्मा दिएको हो ।

















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया