आइतबार, पुष ६, २०८२

वल्र्डलिंकले ल्यायो तिव्र गतिको एजयतयल सर्भिस्

मेरोन्यूज २०७८ पुष २ गते १७:१७

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो ब्रोडब्यान्ड आईएसपी कम्पनि वल्र्डलिंक कम्युनिकेसन्सले आफ्ना ग्राहकहरूका लागि तिव्र गतिको एजयतयल सर्भिस् लन्च गरेको छ । इन्टरनेट सेवामार्फत वल्र्डलिंकका ग्राहकहरुले घर तथा व्यवसायका लागि ६०० एमबीपीएसको अति उत्कृष्ट गति प्राप्त गर्ने नोकियाले घोषणा गरेको हो ।

यो सुविधाबाट वल्र्डलिंकका ग्राहकहरुले आफ्नो काम, अध्ययन र मनोरञ्जनका लागि घरभित्र सिमलेस इन्टरनेट सेवाको अनुभव गर्न सक्नुहुनेछ । अनलाइन–शिक्षा, स्वास्थ्य सेवा, खुद्रा बिक्री र अनलाइन काम भएसँगै घरको नेटवर्कमा जडान हुने डिभाइसहरुको संख्या बढेको बताइएको छ । नोकियाको वाइफाइ मेस टेक्नोलोजी प्रयोग भएको हुँदा भित्रि पर्खालहरूबाट हुने अवरोधहरू नहुने भएकालेतपाईंले छिटो र भरपर्दो इन्टरनेट सेवाको अनुभव गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया