भारत गएका श्रमिक भन्छन् : देशमै राम्रो ज्याला पाइँदो रहेछ

काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार (भारत) गएका थिए । श्रीमान्, श्रीमती, छोराछोरी कालापारमा राम्रो कमाई हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ, गाउँमा ।
कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताए । रातदिन काम गर्दासमेत राम्रो कमाई हुन नसकेको उनको भनाइ छ । “दिनमा भारु ३५० ज्याला पाउँथ्यौँ, अहिले नेपालमा काम गर्ने हो भने झण्डै ८०० भन्दा बढी ज्याला पाइँदो रहेछ”, उनले भने ।
सात वर्ष भारतीय भूमिमा बस्नुभन्दा नेपालमै काम गर्न लागेको भए हुँदो रहेछ भन्ने अनुभूति अहिले भएको उनले सुनाए । नेपाल फर्केपछि अहिले छोरीका छोराछोरी र छोरी ज्वाइले दुःख सुखमा साथ दिएका छन्, उनलाई ।
भारतमा काम गरेर फर्के पनि न त उनको जिन्दगी फेरियो न त राम्रो कमाई गरी पैसा नै बचत हुन सक्यो । आजभोलि जसोतसो गाउँघरतिरै जिन्दगी गुजारिरहेको भेटिन्छन्, उनी ।
सोही गाउँका नरबहादुर विकले भारतमा २८ वर्ष बिताए । उनी आउँदा रित्तै । भाइ बुहारीको घरमा फर्किए । न कमाइ भयो । न उमेर रह्यो । भारतीय भूमिमा उर्जाशील समय बिते पनि केही रकम जोहो गर्न नसकेको उनको गुनासो थियो ।
उनीहरु जस्तै भारतबाट फर्केका जिल्लाका अधिकांशको वास्तविक पीडा हो, यो । गाउँका ठेकेदारले कमाई राम्रो हुन्छ भनेको भरमा कालापार जानेहरु कमाई राम्रो नभई रित्तै फर्किने गरेको यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् ।
बारेकोट गाउँपालिका–२ का रतनबहादुर नेपाली आजभन्दा तीन वर्ष पहिले छोराछोरीसहित भारत गएका थिए । कालापारमा कमाइ गर्न गएका उनको परिवार पाल्न समस्या भएपछि नेपाल फर्किए । अहिले आफ्नै बारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन् ।
“भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ,’ उनले भने । ऊर्जाशील उमेर भारत गएर कमाउने नाममा सकिने उनको अनुभव छ । उमेर ढल्केपछि घर आउँदा निकै समस्या हुने गरेको उनले बताए ।
अर्कातिर भारतीय भूमिमा गएका कतिपय युवा भने कुलतमा परेर नेपाल फर्कन्छन् । गाउँबाट भारत कमाउन गएकामध्ये कतिपय कुलतमा फसेका जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताए । अभिभावकविहीन हुनु र भनेको जति कमाइ नभएपछि कुलतमा फस्ने गरेको पीडित बताउँछन्, उनी ।
आफूसँगका साथीहरु, पढाई लेखाई गरेर जागिरे जिन्दगी बिताउँछन् आफू भने बिना कामको भएपछि थप पीडा हुने गरेको उनीहरुको भनाई छ ।















दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया