बिहीबार, पुष १०, २०८२

कांग्रेसको पिछडिएको क्षेत्र केन्द्रीय सदस्यमा सिंह विजयी

मेरोन्यूज २०७८ पुष ३ गते १०:०९

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुन जंग बहादुर सिंह विजयी भएका छन् ।

शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी दीपक जंग शाहले दुई हजार ५६ मत प्राप्त गरेका थिए । मतदानमा जम्मा चार हजार ६७२ मत खसेकामा ३९ मत बदर भएको थियो ।

प्रतिक्रिया