वैदेशिक रोजगारले निम्त्याएको असर…

काठमाडौँ । वैदेशिक रोजगारका कारण समाजमा उत्पन्न हुने नकारात्मक असरबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा शुक्रबार भएको कार्यक्रममा वैदेशिक रोजगारले विप्रेषण (रेमिट्यान्स), सीप र अनुभव भित्र्याए पनि सामाजिक असर पारिरहेको उनीहरुले बताएका छन् ।
सुरक्षित आप्रवासन परियोजना जिल्ला संयोजक रितुराम सोतीले वैदेशिक रोजगारका कारण परिवार तथा बालबच्चाबाट टाढा हुने, बालबच्चा र वृद्धा सदस्यको हेरचाहमा कमी, पारिवारिक बेमेल, विखण्डन, छोडपत्र र सामाजिक लाञ्छना, मानसिक तनावजस्ता समस्या निम्तिएको बताए । वैदेशिक रोजगारीका कारण ऋण, ठगी, कारागार, शोषण, अलपत्र, अंगभंग र मृत्युसम्मका घटना भएका प्रशस्त उदाहरण रहेको जनाउँदै सोतीले यसलाई न्यूनीकरण गर्नतर्फ लाग्नु पर्ने बताएका थिए ।
हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)को आयोजनामा भएको कार्यक्रममा वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक समस्याबारे कार्यपत्र प्रस्तुत गर्दै सोतीले वैदेशिक रोजगारीका कारण सामाजिक विकृति बढ्दै गएको बताए ।
त्यस्तै, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले वैदेशिक रोजगारीले आर्थिक अवस्था सबल बनाए पनि सामाजिक लागत एवं विकृति निम्त्याएको बताए । उनले त्यस्ता घटना कम गर्नतर्फ समाजमा सबैले ध्यान केन्द्रित गर्नु पर्ने बताएका थिए ।
वैदेशिक रोजगारबाट पाएको सीप, अनुभव र रेमिट्यान्सको सही सदुपयोग गर्नु पर्ने भन्दै आलेले शिक्षा नै समुन्नत समाजका लागि मागदर्शन भएकाले सबैलाई वैदेशिक रोगजारीबारे सही जानकारी दिनु पर्ने बताए ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले अहिले चेतनास्तर वृद्धि हुँदै गएको बताउँदै सहीलाई सही र गलतलाई गलत भन्ने बानीको सुधार गर्दै गइयो भने लैङ्गिक विभेद एवं लाञ्छना कम हुने बताए । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का कार्यकारी निर्देशक कृष्णप्रसाद घिमिरेले समाज विस्तारै परिवर्तन हुँदै गइरहेको बताउँदै सबैको सहयोगले सभ्य र सुसज्जित समाजको निर्माणमा जुट्नु पर्ने धारणा राखे ।
कार्यक्रमको सहजीकरण गर्दै हिकोडेफका परामर्शदाता रञ्जना लम्सालले वैदेशिक रोजगारबारे परामर्श एवं सूचनाका लागि सम्पर्क गर्न आग्रह गरेका थिए । डिसेम्बर १८ अर्थात् आज पुस ३ गते ‘सचेत, सीपमूलक र सुरक्षित रोजगार, मर्यादित श्रम रोजगारको आधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै छ ।
यसैबीच आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपुरले शैक्षिक सामग्री वितरण गरेको छ । वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका कामदारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एवं सम्पर्कविहीन परिवारका बालबालिकाको अध्ययनमा सहयोगका लागि शैक्षिक सामग्री वितरण गरिएको मञ्चका जिल्ला अध्यक्ष युवलाल तिवारीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको पूर्वसन्ध्यामा शुक्रबार कावासोतीमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा १० जनालाई पोसाक, झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो । आप्रवासी कामदार हकहित संरक्षण मञ्चले यसअघि रु एक अभियानअन्तर्गत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको मञ्चकी जिल्ला उपाध्यक्ष बालकुमारी जिसीले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
भारत गएका श्रमिक भन्छन् : देशमै राम्रो ज्याला पाइँदो रहेछ
वैदेशिक रोजगारीले रित्तिदै गाउँ
















नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया