कांग्रेसका खुल्ला केन्द्रीय सदस्य : शशांक सवैभन्दा अगाडि, अरु कसको कति ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुल्ला ३५ जना केन्द्रीय सदस्य पदका लागि भएको मतदानको मतगणना अहिले जारी छ । कांग्रेसका पदाधिकारी दावी गरिरहेका नेताहरु समेत पछिल्लो पटक टिम मिलाउन नसक्दा केन्द्रीय सदस्यका खुम्चिएर उम्मेदवार बनेका थिए ।
जसअनुसार पहिले पदाधिकारी रहेका नेताहरु पनि ३५ जनाभित्र पर्न चुनावी मैदानमा थिए । जसको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।
६५ मत गणना गर्दा निवर्तमान महामन्त्री शशांक कोइराला सवैभन्दा अगाडि देखिएका छन् । उनी ५९ मतसहित अगाडि छन्। त्यसपछि दोस्रोमा अर्जुननरसिंह केसी देखिएका छन् । उनले ४८ मत पाएका छन् । प्रारम्भिक मतगणनामा अजयबाबु शिवाकोटीले ३२, उदयशम्शेर राणाले ४१, एनपी साउदले ४६ मत ल्याएका छन्।
कुन्दन काफ्लेले ३७, केदार कार्कीले २५, गणेश लामाले २६, गुरू बरालले ३६, गोपालमान श्रेष्ठले ३८, गोविन्द भट्टराईले ३७ र गोविन्द पोखरेलले ३० मत ल्याएका छन्। त्यसैगरी, जितजंग बस्नेतले ३९, जीपछिरिङ लामाले ३६, दिनेश कोइरालाले ३२, तीर्थ खनियाले ३०, दिपक गिरीले ४० र दिपक कँडेलले ३० मत ल्याएका छन्।
दिलेन्द्र बडुले ३९, नैनसिंह महरले ४१, पद्मनारायण चौधरीले ३०, बलबहादुर केसीले ३३, बालकृष्ण खाणले ४६ मत ल्याएका छन्। मदन अमात्यले २५, मोहन बस्नेतले ३६, रमेश लेखकले ४३, रामशरण महतले ४६, रामहरि खतिवडाले ४५, शंकर भण्डारीले ४६, सुनिल थापाले ३७, सुरेन्द्र पाण्डेले ३६ र ज्ञानेन्द्र कार्कीले ४२ मत ल्याएका छन्। मतगणना १५ ठाउँमा गरिएको छ । मतपरिणाम सम्भवत भोलि बिहानसम्म आइसक्ने निर्वाचन समितिले जनाएको छ।
















डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया