बिहीबार, वैशाख २४, २०८३

२० जना उपसचिव सहसचिवमा बढुवा सिफारिस

मेरोन्यूज २०७८ पुष ५ गते ९:१८

काठमाडौँ । सरकारले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने भएको छ । बढुवा समितिको सचिवालयका अनुसार प्रशासन सेवाका १८ र लेखा परीक्षण सेवाका २ जना उपसचिवहरुको बढुवा सिफारिसमा परेको हो ।

Advertisement
NiccNicc

प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल र रुद्रप्रसाद पण्डित रहेका छन् । यस्तै, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने पनि बढुवा सिफारिसमा परेका हुन् ।

लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठ बढुवामा परेका छन् ।

प्रतिक्रिया