प्रतिनिधिसभा बैठकमार्फत दुई अध्यादेश पारित
मेरोन्यूज
२०७८ पुष ६ गते १४:०२
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ । बैठकमा आज दुईवटा अध्यादेश पेश भएको हो ।
आजको बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश २०७८ पेश गरेका थिए । उनको प्रस्तावमा सांसद प्रेम सुवालले अस्वीकारको माग गरेका थिए ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरू नाराबाजी गरेका थिए । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।
अर्को बैठक आगामी ७ गते दिउँसो बस्ने भएको छ ।
सम्बन्धित

















काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी
रुकुम पश्चिममा जनार्दन शर्मा २ हजार मतले पछि
इलाम–२ एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
प्रतिक्रिया