बुधबार, वैशाख ३१, २०८२

प्रतिनिधिसभा बैठकमार्फत दुई अध्यादेश पारित

मेरोन्यूज २०७८ पुष ६ गते १४:०२

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ । बैठकमा आज दुईवटा अध्यादेश पेश भएको हो ।

आजको बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश २०७८ पेश गरेका थिए । उनको प्रस्तावमा सांसद प्रेम सुवालले अस्वीकारको माग गरेका थिए ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरू नाराबाजी गरेका थिए । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको आरोप लगाउँदै उनको राजीनामाको माग र पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

अर्को बैठक आगामी ७ गते दिउँसो बस्ने भएको छ ।

प्रतिक्रिया