एमालेको नाराबाजीकाबीच नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि अध्यादेश स्वीकृत
मेरोन्यूज
२०७८ पुष ७ गते १३:५८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजीकैबीच नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धि अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।
एमाले सांसदको नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनि गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
उक्त प्रस्ताव राष्ट्रको सुरक्षाको हित विपरित रहेको दाबीसहित अस्वीकृत गर्न माग गर्दै नेमकिपाका सांसद प्रेम सुवालले पेश गरेको अध्यादेश संसदले अस्वीकृत गरेको थियो ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया