नेविसंघका ११ पूर्वअध्यक्ष कांग्रेसको केन्द्रीय समितिमा
को–को छन ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का ११ जना पुर्वअध्यक्षहरु आइपुगेका छन् । शेरबहादुर देउवादेखि राजीव ढुंगानासम्म केन्द्रीय समितिमा रहेका हुन् । ढुंगाना नेविसंघको पछिल्ला अध्यक्ष हुन् । अहिले नेविसंघमा अध्यक्ष बिहिन बनेको छ । नेपाल विद्यार्थी संघको स्थापनकालदेखि अहिलेसम्म १९ जना अध्यक्ष भएका थिए । जसमा ११ जना कांग्रेसको १४ औं कार्यसमितिमा देखिएका छन् ।
विपी कोइरालाले २०२७ सालमा नेविसंघको स्थापना गरेका थिए । उक्त स्थापनाको उद्घाटन कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले गरेका थिए । कोइराला नेबिसंघको पहिलो अध्यक्ष हुन् । तर कोइराला कांग्रेसको सक्रिय राजनीतिमा छैनन् । नेविसंघलाई कांग्रेसको मेरुदण्ड अर्थात नेता उत्पादन गर्ने नर्सरीका रुपमा हेरिन्छन् ।
दोस्रो नेविसंघको अध्यक्ष बनेका थिए, कांग्रेका अहिलेका नवनिवार्चित सभापति शेरबहादुर देउवा । तेस्रा अध्यक्ष विमलेन्द्र निधिलाई पराजित गर्दै देउवा दोस्रो कार्यकालमा प्रवेश गरेका थिए । देउवा कांग्रेस पार्टीको नेतृत्वमा दोहोरिएका हुन् । देउवापछि अन्य १७ जनाले नेविसंघको नेतृत्व गरेका देखिन्छन् । चौथो नेविसंघका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, पाँचौं अध्यक्ष बलबहादुर केसी, छैटौं अध्यक्ष बालकृष्ण खाँण निवार्चित भएका थिए ।
नेविसंघको सातौं अध्यक्ष एनपी साउद पनि कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । नेविसंघका आठौं अध्यक्ष धनराज गुरुङ १४औं महाधिवेशनबाट कांग्रेसको उपसभापतिमा विजयी भए । नवौं अध्यक्ष गोविन्द भट्टराई केन्द्रीय सदस्य बनेका छन् ।
नेविसंघका १० औं अध्यक्ष विश्वप्रकाश शर्मा १४औं महाधिवेशनमा कांग्रेसको महामन्त्री निवार्चित भएका छन् । ११ औं अध्यक्ष थिए किशोरसिंह राठोर । राठोर कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री बनेका छन् । १८ औं अध्यक्ष नैनसिंह महर र १९ औं अध्यक्ष राजीव ढुंगाना केन्द्रीय सदस्यमा निवार्चित भएका छन् ।
यस्तै, १२ आंै नेविसंघका अध्यक्ष बनेका गुरुराज घिमिरे प्रदेश १ को सभापतिमा दुई मतले पराजित भएका छन् । नेविसंघको १५ औं अध्यक्ष भएका प्रदीप पौडेल महामन्त्रीमा प्रतिष्पर्धा गरेका थिए तर पराजित भए । १७ औं नेविसंघका अध्यक्ष भएका रञ्जित कर्ण सहमहामन्त्रीमा अन्तिम समयमा उम्मेदवारी फिर्ता गरेका थिए ।
‘प्रजातन्त्र पुर्नस्थपना गर्ने प्रमुख उद्देश्यसहित पञ्चायतको कालरात्रीमा क्रान्तिकारी विद्यार्थीहरूले विद्यार्थी एकता, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श बोकेर’ नेविसंघको जन्म भएको पुर्वअध्यक्षहरु बताउँछन् ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया