बिहीबार, फागुन २१, २०८२

रिजाल फुडका उत्पादन अब काठमाडौँ बजारमा

मेरोन्यूज २०७८ पुष ७ गते १६:३६

काठमाडौँ । विगत ३४ वर्ष देखि स्वदेशी बजारमा आफ्ना विभिन्न तयारी प्याकेजिङ्ग स्न्याक्स नमकिन उत्पादनहरु उत्पादन तथा विक्री वितरण गर्दै आईरहेको रिजाल फुड एण्ड वेभरेजेजले आजदेखि काठमाण्डौँ उपत्यका भित्र औपचारिक रुपमा आफ्ना उत्पादनहरुको बजारीकरण गर्न लागेको कम्पनी प्रवन्धक निर्देशक पुरुषोत्तम रिजालले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

राजधानी बाहिरका प्राय सम्पुर्ण बजार ओगटिसकेको कम्पनीले आफ्ना उत्पादनहरु सिमित उत्पादन क्षमताका कारण काठमाण्डौंको भाटभटेनि लगायतका विभिन्न सुपरमार्केटहरुमा मात्र विगतमा विक्रीवितरण गर्दै आएको भएतापनि हाल कम्पनिले आफ्नो उत्पादन क्षमता बढाए सगैं नेपाल भरिनै आफ्नो बजार बिस्तार गर्ने क्रममा काठमाण्डौंको बजारमा पनि यसको ब्यापक माग आईरहेकोले देशको राजधानि समेत रहेको र कुल आन्तरिक बजारको करिब ४० प्रतिशत खपत हुने बजारमा आफ्ना उत्पादनहरु लिएर अत्यन्त उत्साहका साथ काठमाण्डौँको बजारमा प्रबेस गर्न लागेको कम्पनिको प्रमुख बिक्री प्रबन्धक प्रितम रिजालले बताएका छन् ।

चितवनमा अत्याधुनिक प्रविधिसहितको कारखाना रहेको र करिब २०० जनालाई प्रत्यक्ष्य रोजगारी दिदै आएको कम्पनिले आफ्ना गुणस्तरिय उत्पादनहरु दालमोठ, भुजिया, आलु भुजिया, आलु चिप्स, मुङ्ग दाल आदि उपभोक्ता माझ विदेशी अन्य उत्पादनको दाँजोमा सरल र सुलभ मुल्यमा विक्री वितरण गर्दै आएको पनि उनले बताए ।

प्रतिक्रिया