क्लाउड कम्पुटिङ्गमा लर्ड बुद्ध तथा जेनिशको सहकार्य

काठमाडौं । क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि लर्ड बुद्ध एजुकेसन फाउण्डेसन क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसँग सहकार्य गर्ने भएको छ ।
साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीले बीएससी आईटी (आनर्स) को साथ साथै जेनेस क्लाउड एकेडेमीको सहकार्यमा क्लाउड कम्पुटिङ्ग सैद्धान्तिक तथा व्यहारिक ज्ञान प्राप्त गर्ने लर्ड बुद्धले विहीबार एक कार्यक्रमको आयोजना गरी बताएको छ ।
क्लाउड कम्पुटिङ्गको प्रयोग व्यवसायिक प्रतिष्ठानहरुमा बढ्दो मात्रामा रहेको छ । सन २०२१ सम्ममा विश्वव्यापी रुपमा यसको व्यापार ३०० बिलीयन डलरको हुने अनुमान गरिएको छ ।
जेनेस क्लाउड एकेडेमी जेनेश सोलुशनको पहलमा क्लाउड कम्पुटिङ्गमा विद्यार्थीहरुलाई तालिम र दक्षता प्रदान गर्ने शिक्षा क्षेत्रको कार्यक्रम हो ।
उद्योग व्यवसायमा बढ्दो सुचना प्रविधीको प्रयोगले क्लाउड कम्पुटिङ्गमा दक्ष जनशक्तिको ठूलो माग रहेको छ ।
सन् १९९८ मा स्थापित लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक यूनीभर्सिटी, मलेसियासँग शैक्षिक सहकार्य गरि नेपालमा सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक स्तरको बीएससी आईटी र बीबीएम विषयमा अध्यापन गराउँदै आएको छ ।
संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।
यो सहकार्यले उद्योग र औपचारिक शिक्षाबीचको दूरीलाई कम गर्ने विश्वास लिएको कलेजका अध्यक्ष पंकज जालानले बताए ।
जेनेस क्लाउड एकेडेमीका प्रमुख कार्यकारी अधिकृत अंजनी फ्युयालले यस्तो सहकार्यको आवश्यकतामाथि जोड दिदै यस कार्यक्रममा भर्ना हुने विद्यार्थीहरुले जीसीए र जीसीएका सहयात्री संस्थाहरुमा इन्टर्नसीप गर्न पाउने बताइन् ।
कार्यक्रममा एलबीईएफका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले पनि सम्बोधन गरेका थिए ।
कलेजले यस बीएससी आईटी (आनर्स) कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुका लागि एक जना छात्रासहित ३ जना विद्यार्थीहरुको लागि पूर्ण छात्रवृत्ति उपलब्ध हुने जानकारी गराएको छ । त्यसको छनौट जेनेस क्लाउड एकेडेमीको अगुवाईमा गठीत छात्रवृत्ति छनौट समितिले गर्नेछ ।










संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु
सुनकाे मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ताेलाकाे ?
मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु
पार्टीको महाधिवेशन टार्ने प्रयास भइरहेको छ : महामन्त्री थापा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया