आजको राशिफल : पौष ९ गते शुक्रबार

आज वि. सं. २०७८ साल पौष महिनाको ९ गते शुक्रबार, पौष कृष्णपक्षको पञ्चमी तिथि ।
मेष
आम्दानीको हकमा औसत समय चलिरहेकाले आम्दानीको विषयले दबाब सृजना गर्नेछ । पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा बादबिबाद र असमझदारी आउने भएकाले संयमित रहनुहोला । अध्ययन अध्यापनमा भने प्रगति हुनेछ । परिवारमा तिक्तताको अवस्था आउने छ । स्वास्थ्यमा समस्या देखिने छ ।
वृष
शारीरिक र मानसिक कमजोरीले सताउने छ । धैर्य अपनाएर पाइला चाल्नु नै उपयुक्त हुने देखिन्छ । मनोबल कमजोर हुने छ । वाहन सम्बन्धी समस्या देखिने छ । दुर्घटनाजन्य विषयमा सतर्क रहनु होला । पारीवारिक सदस्यहरुका बीच पनि द्वन्द देखा पर्ने छ । पेशागत जीवनमा धेरै संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनम धेरै बादबिबादमा नजानु राम्रो हुने छ ।
मिथुन
परिवारप्रति समर्पित हुन मन लाग्ने छ । परिवारको पनि साथ मिल्ने छ । पेशागत क्षेत्र अनुकुल रहने छ । व्यक्तित्वमा दृढता आउने छ । तर सानो–सानो विषयमा पनि रिस उठ्ने व्यक्तित्व देखिँदा छवि बिग्रने छ । आम्दानीमा बृद्धि हुन जानेछ । मेहनत र पराक्रमीपना स्वभावमा मन दृढ हुने भए पनि सो अनुसार शारीरिक क्षमता हुने छैन । अर्थात रोग व्याधीको भय रहने छ ।
कर्कट
भाग्य बलियो रहेको छ । आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । धन सम्पत्तिका विषयमा मुद्धा मामिला र झैझगडा देखिने छ । पेशागत जीवनमा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा अस्थिरता आउने छ । सन्तान सम्बन्धी सुखमा कमि हुनेछ ।
सिंह
शारीरिक स्वास्थ्य कमजोर बन्ने छ । यसले गर्दा मनोबल कमजोर हुने र दृढताको अभाव हुन जानेछ । पेशागत जीवन सन्तुलित रहने छ । आर्थिक अवस्था पनि ठिक नै रहने छ । प्रभावकारी बोली हुनेछ । बोलीमा भने कडापन देखिँदा अरुले कडा खालको व्यक्तिका रुपमा लिने छन् । मानसिक रुपमा सवल हुने भए पनि शारीरिक रुपमा भने कमजोरी देखा पर्न जानेछ ।
कन्या
भाग्यको साथ नभएकाले स–साना विषयमा पनि धेरै कठिनाईको सामना गर्नुपर्ने हुन्छ । दाम्पत्य जीवनमा पनि चुनौति देखा पर्ने भएकाले शान्तिका साथ पाइला चाल्नु नै उपयुक्त हुने छ । कमजोर खालको व्यक्तित्व बन्ने छ । शारीरिक र मानसिक रुपमा कमजोर अवस्था देखिने छ । पेशागत जीवन औसत रहने भए तापनि आम्दानीमा भने केही बृद्धि नै हुनेछ ।
तुला
आफुले सोचेको विषयमा दृढ संकल्पित व्यक्तित्व हुनेछ । मानसिक सवलता रहने छ । तर शारीरिक रुपमा भने शिथिलता देखा पर्नेछ । यसले गर्दा मनोबल कमजोर रहने छ । व्यक्तित्वमा दृढता नहुँदा अरुले हेप्ने अवस्था आउने छ । पेशागत जीवनमा उचार चढाव देखा पर्नेछ । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने हुँदा यसको सन्तुलनका लागि शारीरिक अभ्यास, योगाभ्यास, ध्यान, जप, तप आदी गर्नु उपयुक्त रहने छ ।
वृश्चिक
परिवारमा मधुरता रहने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने भए पनि व्यावहारिक रुपमा सुझबुझ नहुँदा नैराश्यता आउने छ । पेशागत जीवनमा अनपेक्षित समस्याका क्रमहरु एकपछि अर्काे गरि देखा पर्ने छन् । प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा तयार रहँदा रहँदै पनि शारीरिक सवलताले साथ दिने छैन् । चिसोले निकै सताउने छ । धेरै जोखिमपूर्ण लगानीका क्षेत्रहरुमा हात हाल्ने समय रहेको छैन ।
धनु
पेशागत जीवनमा अस्थिरता देखा पर्नेछ । यसले तनाव सृजना गर्नेछ । आम्दानीमा पनि गिरावट देखिने छ । चिसोले सताउने र चिसोजन्य शारीरिक समस्याहरु देखा पर्ने छन् । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । रिस कडा भएको व्यक्ति हुनेछ । कठिनाईमा पनि मनोबल नगिराउने दृढ खालको व्यक्तित्व भने कायम हुनेछ । विपरित लिंगीसँगको व्यावहारमा सावधान रहनु ठीक हुनेछ ।
मकर
समय प्रतिकुलातर्फ उन्मुख भएकाले संयमता नगुमाउनु होला । पारीवारिक वातावरण तनावपूर्ण हुन जानेछ । परिवारमा झैंझगडा र असमझदारीको अवस्था रहने हुँदा तातो अवस्था रहने छ । भाग्यहिनताका कारण संघर्ष धेरै गर्नु पर्ने छ । घर घडेरीसँग सम्बन्धि विषयमा घाटा व्योहर्नु पर्ने भएकाले सतर्क रहनु होला । पेशागत जीवन औसत रहने छ ।
कुम्भ
पेशागत जीवन मध्यम प्रकृतिको रहने छ भने आर्थिक पक्ष पनि मध्यम खालकै रहने छ । समाजले कदर गर्नेछ । परिवारमा नयाँ समझदारीपूर्ण वातावरणको संकेत देखिने छ । भाग्यको साथ धेरै बलियो नभएकाले अपजसको सामना भने गर्नु पर्नेछ । व्यक्तित्वमा दुविधात्मक स्वाभाव रहने छ, यसले निर्णय क्षमतामा गिरावट ल्याउने छ ।
मीन
परिवारमा मिलन हुने र उत्साहपूर्ण वातावरण बन्ने छ । घर घडेरी किन्ने वा बेच्ने समय सक्रिय छ । यो नाफादायी पनि बन्ने छ । कमजोर मनोबल भएको व्यक्तित्व हुने हुँदा दृढतामा निकै कमि आउने छ । पेशागत जीवनमा भने आफु भन्दा माथिका व्यक्तिहरुले साथ दिनेछन् । साझेदारीमा गरिएका काममा बिबाद चर्किन जाने भएकाले यसबारेमा ध्यान दिनुहोला ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया