डुंगा आगलागीमा परी ४० जनाको मृत्यु भएको पुष्टि
काठमाडौँ । बंगलादेशको दक्षिणी जिल्ला झालाकाथीमा शुक्रबार एक नदीमा खचाखच भरिएको डुंगामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ ।
ढाका त्रिवुनले दिएको जानकारीअनुसार धेरै यात्रुहरु जलेर गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको छ । बारीसालको शेर–ए–बंगला मेडिकल कलेज एन्ड हस्पिटल (एसबिएमसीएच)का सहायक निर्देशक डा. मोनिरुज्जामानले भने, “जलेका ६६ मध्ये १८ जना महिला छन्, बाँकीको अवस्था पनि गम्भीर रहेको छ ।”
उनले थपे, “आगोमा जलेर गम्भीर घाइते भएका तीन जना महिला र चार जना पुरुषलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि ढाका मेडिकल कलेज र अन्य अस्पतालहरूमा पठाइएको छ ।”
अग्नि नियन्त्रण सेवाका अधिकारीहरूले सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार ७० जनाभन्दा बढी यात्रुहरू स्थानीय अस्पतालमा पठाइएको बताएका छन् । आगो इञ्जिन कोठाबाट सुरू भई मानिसहरू खचाखच भएका अन्य कक्षमा फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको उनीहरूले बताए ।
दापडापिया क्षेत्रमा पुग्दा बिहान ३ बजेको समयमा आगोको ज्वाला देखिएको र उक्त डुंगा झलाकाथी सदर उपजिल्लाको दियाकुल क्षेत्रमा गएर किनारमा अवतरण गराइएको थियो ।















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया