धर्मसँग जोड्दा टर्कीको अर्थतन्त्र तहसनहस

काठमाडौँ । कूल आठ करोड २० लाख जनसंख्या भएको युरोसिया भनेर चिनिने टर्की यतिबेला चरम आर्थिक संकटको डिलमा पुगेको छ । फरक विचार राख्ने जो कोहीलाई यातना दिने र हत्यासमेत गर्ने भनेर अन्तर्राष्ट्रिय रुपमा आरोपको सामना गरेका रेचेप तैथ्यप अर्दोगानको झण्डै दुई दशक लामो सत्ता करिब संकटको डिलमा पुगेको छ ।
आगामी १८ महिनापछि हुन लागेको निर्वाचनमा जीत निकाल्ने उनको अर्को चाहलाई अर्थतन्त्रमा देखा परेको संकटले पर धकेल्ने त होइन भन्ने विवरणहरु सार्वजनिक भएका छन् । रुस, इरान, इराक, सिरिया, भूमध्य सागर, ग्रीस, बुल्गेरिया र कृष्ण सागर टर्कीको अन्तर्राष्ट्रिय सीमा हो । ९९ प्रतिशत बढी जनसंख्या मुसलवान भए पनि टर्की धर्म निरपेक्ष राज्य हो । कूल ८४ प्रतिशत सुन्नी र बाँकी शिया समुदायका मुसलवान बस्ने यो देश कोरोनाका कारण आर्थिक संकटको डिलमा पुगेको हो ।
पर्यटन उद्योग नै प्रमुख आम्दानीको स्रोत रहेको भए पनि पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण अर्थतन्त्र समस्यामा पर्दा मानिसहरु अनुदानको रोटी खरिदका लागि पसलहरु अगाडि लाइन लाग्न बाध्य छन् । मानिसमा निराशा फैलिएको छ । भोकै बस्नु पर्ने हो कि वा पैसा भएर पनि खान नपाउने हो भन्ने चिन्ता उनीहरूमा देख्न सकिन्छ ।
दैनिक उपभोग्य वस्तुको मूल्य यति धेरै बढेको छ कि, त्यसको कुनै हिसाब किताब हुन छाडेको छ । सरकारले अनुदानमा उपलब्ध गराउने सस्तो रोटीका लागि पसलबाहिर लाइनहरु देखिनु सामान्य घटनाक्रम जस्तै हुन थालेको छ ।
टर्कीसका लागि रोटी सांस्कृतिक जीवनसँग जोडिएको एउटा महत्वपूर्ण हिस्सा हो । हरेक जसो खानाका साथ रोटी हुनुलाई उनीहरु महत्वपूर्ण मान्दछन् । बजारमा मैदाको अभाव देखिएको छ । आयात क्रमशः घट्दै गएको विवरणहरुमा देखिन्छ । लिराको मूल्यमा आएको गिरावटले माल तथा वस्तुको आयातमा ठूलो मूल्य तिर्नु पर्ने बाध्यता आइपरेको छ ।
टर्कीमा नोभेम्बरमा मात्रै मुद्रास्फिती २१ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांक छ । तर, बजारलाई नजिकबाट नियालेका पर्यवेक्षकहरुका अनुसार महंगाईको मात्रा त्यसको झण्डै दुई गुणाभन्दा बढी देखिन्छ । डिसेम्बरमा महंगाई ३० प्रतिशतभन्दा माथि पुग्ने सरकारी अनुमान नै देखिन्छ । राष्ट्रपति अर्दोगानले पनि अब नियमित तरिकाले अगाडि बढ्न नसकिने बताइसकेका छन् । उनले एक मुसलमान हुनुको नाताले अब इस्लामिक कानून लागू गराउनु आफ्नो बाध्यता हुन लागेको पछिल्लो एक सम्बोधनमा बताएका छन् ।
‘म केही हुनु भन्दा पहिले म मुसलमान हुँ । एक मुसलवानको रुपमा मैले आफ्नो कर्तव्यको पालना गर्नुपर्छ । अल्लाहप्रति मेरो जिम्मेवारी छ । सोही कारण म छु । म कोशिस गर्छु कि मैले प्राप्त गरेको जिम्मेवारी पूरा गर्छु ।’
बैंक तथा वित्तीय संस्थाले लिने व्याजमा भारी मात्रामा कटौती गरिएको छ । तर, महंगाई घट्नुको साटो आकाश छुन लागेको छ । महंगी बढ्दै जाँदा टर्कीको केन्द्रीय बैंकले ब्याज दरमा कटौती गरेको हो । सामान्य हिसाबले हेर्दा महंगाई बढ्दा व्याजदरमा पनि बढोत्तरी हुन जान्थ्यो । यसै वर्षमात्र अर्दोगानले केन्द्रीय बैंकका नयाँ गभर्नर नियुक्त गरेका थिए । अघिल्ला गभर्नरले व्याजदर बढाएका थिए । सो नीतिलाई अर्दोगानले मन पराएका थिएनन् । सोही कारण तत्कालीन गभर्नरले राजीनामा दिनु परेको थियो ।
लिराको मूल्य लगातार ओरालो लागेपछि सोमबार मात्रै अर्दोगानले एक आर्थिक नीतिको घोषणा गरेका थिए । उनले भनेका थिए कि, टर्कीका आम मानिस लिराको मूल्यमा देखिएको गिरावटप्रति चिन्ता व्यक्त गरिरहेका छन् । खास गरी टर्कीसले आफ्नो बचत लिरामा नै गरिरहेका छन् । उनले लिरामा बचत गरेका मानिसले मूल्य ओरालो लाग्दा परेको घाटालाई परिपूर्ति गर्न सरकारले सहयोग गर्ने बताएका छन् । राष्ट्रपतिको घोषणालगत्तै लिरामा अचानक २० प्रतिशतले मजबुती देखिएको छ ।

अर्दोगानको सो घोषणा भन्दा पहिले एक अमरिकी डलरको तुलनामा लिरा १८.३६ सम्म पुगेको थियो । तर, अर्दोगानको घोषणालगत्तै ११.०९ मा आइपुगेको छ । टर्कीस बैंक एसोसिएशनका प्रमुख अल्पास्लान केकारले टर्कीस प्रसारण संस्था आबेरातुर्कसँग भनेका थिए, ‘मानिसहरुले एक अर्ब डलर बिक्री गरेर लिरा खरिद गरेका छन् ।’
आर्थिक जानकारहरुका अनुसार अर्दोगान सरकारले यस नीतिलाई टिकाउन भने मानेको छैन । उसले भनेको छ कि, यस्तो व्यवस्थाले राजश्वमा चाप पर्नेवाला छ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर अरुण कुमारका अनुसार अर्दोगान त्यही गरिरहेका छन् । जुन उनको सरकारलाई कुनै पनि कोणबाट आलोचना नहोस् । किनकी, सन् २०२३ मा टर्कीमा चुनाव हुनेवाला छ । तर अर्दोगान लगातार अलोकप्रिय भइरहेका छन् ।
उनले अर्थतन्त्रलाई समेत धर्मसँग लगेर जोडेका छन् । खासमा अर्थतन्त्र र धर्म एक अर्कासँग मिल्ने वा साइनो सम्बन्ध नै नभएका विषय हुन् । इस्लाममा ब्याज लिनुलाई राम्रो मानिदैन । धर्मनिरपेक्ष देशका राष्ट्रपतिले इस्लामसँग जोडेर अर्थव्यवस्था सुधार गर्छु भनेर सोचेको हुन सक्ने टिप्पणी पनि यसबीचमा भएको छ । अर्दोगान व्याजदर कटौतीको बाटोमा लागिरहँदा महंगीमा भइरहेको वृद्धिका पछाडि भने सोही कारण नै देखा परेको छ ।
महंगी संसारभर नै बढीरहेको छ । यसको पछाडिको खास कारण भने आपूर्ति श्रृखलामा आएको परिवर्तन हो । कोरोनाले संसारभर नै आपूर्ति श्रृखलामा प्रभाव पारिरहेको छ । निर्वाचनलाई केन्द्रमा राखेर उनले अर्थतन्त्रलाई धर्मसँग जोडेका छन् । तर, जे गरेपनि अब टर्कीको अर्थव्यवस्था सजिलै लयमा आउनेवाला छैन । निर्वाचनमा अर्दोगानले जिते पनि अब सजिलै अर्थतन्त्रले गति लिने देखिदैन ।
सन् २००३ मा टर्कीको प्रधानमन्त्रीका निर्वाचित भएपछि उनले न्यूर्योक टाइम्सलाई दिएको अन्तरवार्तामा भनेका थिए ‘म केही हुनु भन्दा पहिले म मुसलमान हुँ । एक मुसलवानको रुपमा मैले आफ्नो कर्तव्यको पालना गर्नुपर्छ । अल्लाहप्रति मेरो जिम्मेवारी छ । सोही कारण म छु । म कोशिस गर्छु कि मैले प्राप्त गरेको जिम्मेवारी पूरा गर्छु ।’
पश्चिमा देशहरुले उपेक्षा गरेको भन्दै अर्दोगानले रसियाको सहयोग खोज्ने गरेका छन् । सेप्टेम्बरमा जब अमेरिकन राष्ट्रपति जो बाइडेनले उनलाई भेट्न चाहेनन् , तब अर्दोगान दौडदै रुसको सोची पुगे रसियाली राष्ट्रपति पुटिनसँग भेटवार्ता गरे ।
टर्कीको सामाजिक वित्तीय ढाँचा मजबूत रहेको छ । तत्काल थप समस्या नै नदेखिएला । देशको कूल ग्राहस्थ उत्पादन (जिडिपी)को तुलनामा ऋणको मात्रा ४० प्रतिशत मात्रै रहेको छ । लीरा वचत गर्ने नीतिले बजेट घाटा बढ्न जान्छ । राजश्वमा खतरा पनि देखिन सक्छ ।
वासिंटन इन्टिच्यूट फर नियर इस्ट पोलिसीको टर्कीस रिसर्च कार्यक्रमका निर्देशक तथा अर्दोगानमाथि पुस्तक लेखेका सोनर चप्तायले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ‘ इराक, सिरिया र लिबीयामा टर्कीको प्रभावशाली सैन्य अभियान सञ्चालन गरेर राजनीतिक र सैनिक तागत देखाएपनि कुटनीतिक शक्ति बन्नेमा अर्दोगान नाकाम सिद्ध भए ।’
टर्की नेटोको सदस्य हो । तर अर्दोगानले रुसबाट एस ४०० मिसायल सिस्टम खरिद गरेका छन् । सन् २०१७ मा उक्त सिस्टम उनले खरिद गरेका थिए । सिरियामा अमेरिकाले कुर्दहरुको समर्थन गरेको छ । तर टर्कीले उनीहरुलाई आतंकवादी भनेको छ । पश्चिमा देशहरुले उपेक्षा गरेको भन्दै अर्दोगानले रसियाको सहयोग खोज्ने गरेका छन् । सेप्टेम्बरमा जब अमेरिकन राष्ट्रपति जो बाइडेनले उनलाई भेट्न चाहेनन् , तब अर्दोगान दौडदै रुसको सोची पुगे रसियाली राष्ट्रपति पुटिनसँग भेटवार्ता गरे ।
खासमा टर्कीले चारैतिर हेरिरहेको छ । पश्चिममा यूरोप, दक्षिणमा इस्लाम पूर्वमा यूरेशिया र उत्तरमा रुस । बीबीसी हिन्दीले प्रकाशित गरेको विवरणमा अमेरिकी सेनाका एक पूर्व अधिकारी रिच ओट्जेनको धारणालाई समावेश गरेको छ । रिच ओटजेन भन्छन् ‘जब अर्दोगानलाई एक दिशामा खतरा महशुस गर्छन् । तर उनी दोस्रो दिशामा आफूलाई उभ्याउँछन् ।’

तर, टर्कीको अवस्था आगामी दिनमा अझै भयानक बन्ने अवस्था देखिएको छ । किनकी राष्ट्रपति अर्दोगान अर्थतन्त्रको सामान्य सिद्धान्तभन्दा पनि बाहिर गएर चल्न थालेको आरोप लाग्ने गरेको छ ।
खासमा संकटको मुख्य कारण नै त्यही बन्न पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको दावी छ । उनले लगातार बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा कटौती गरिरहनुको पछाडि महंगाई ४ प्रतिशतको हाराहारीमा ल्याउन सकिन्छ भन्ने रहेको छ । टर्कीको राजधानी इस्तानबुलमा मात्रै १ करोड ५० लाख मानिसको बसोबास छ । संसारको एक मात्रै यस्तो शहर हो इस्तानबुल जो दुई वटा महादेशमा विभक्त छ ।
संसारकै सबैभन्दा बढी चिया खपत हुने देशका रुपमा समेत टर्की परिचित छ । त्यहाँका हरेक व्यक्तिले वर्ष दिनमा ३.१५ किलो बराबरको चिया खपत गर्ने त्यहाँको कृषि मन्त्रालयले आफ्नो विवरणमा जनाएको छ ।
समस्याको कारण बन्दै कोरोना
कोरानाले पारेको प्रभावका कारण संसारकै अर्थतन्त्र संकटको घडीमा पुगेको हो । केही देशले विस्तारै सुधारको दिशामा लगे पनि, टर्कीमा क्रमशः अनेकन खालका फोकाहरु देखा पर्न थालेका छन् । समग्रमा विश्वको अर्थतन्त्रलाई कोरोनाले राम्रै धक्का दिएकोमा तत्थयसहित विवरण सार्वजनिक गर्नेमा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक जस्ता संस्था अगाडि छन् ।
कोरोना कहरको बीचमा चीनको अर्थतन्त्र तुलनात्मक रुपमा सन्तुलनमा रहेको देखिए पनि बन्दमुखी समाजका कारण यसैभन्न सकिने अवस्था छैन । भारतको अर्थतन्त्रमा समस्या देखिएको छ । युरोपको अवस्था त हरेक दिन नै के हुने हो भन्नेमा पुगेको छ । किनकी पछिल्लो पटक फैलिएको ओमिक्रोनका कारण कडा खालको लकडाउन पुनः शुरु गरिएको छ ।
कोरोनाले सन् २००८ को जस्तै आर्थिक मन्दी ल्याउने आशंकाहरु यसबीचमा सार्वजनिक भएका छन् । आपूर्ति श्रृखलामा परेको चाप, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र वित्तीय क्षेत्रको लगानी वित्तीय क्षेत्रमा नै हुने एकाधिकार प्रकृतिको पूँजीवादका कारण अर्थतन्त्र सिमित केही मानिसको हातमा मात्रै केन्द्रीत भएको छ ।
यस्तै, समस्याको जडमा फसेको छ, टर्की । पछिल्ला दिनमा अमेरिकासँगको सम्बन्धमा पनि उतार चढाव देखिएको छ । वाइडेनले अर्दोगानसँग भेटवार्ता नै गर्न चाहेनन् । पश्चिमा सञ्चार माध्यमहरुले अर्दोगानको मनोमानीका कारण समस्या बढ्दै गएको बताएका छन् ।
संसारभरका इस्लामहरुको खलिफा बन्ने इच्छा समेत बेला बेलामा अर्दोगानले राख्ने गरेका छन् । टर्कीमा सन् २०१८ मा पनि यस्तै खालको संकट देखा परेको थियो । तर, त्यस समयमा अमेरिकाको प्रतिबन्ध लागेको अवस्था थियो । हालको स्थिती भने पूर्ण रुपमा फरक छ ।
यस्तो बेलामा सवाल यो उठेको छ कि अर्दोगानको मनोमानीका कारण देशको अर्थतन्त्र पूर्ण रुपमा डुबिरहेको त छैन ? आम रुपमा जिज्ञासा यसैको वरीपरी संकेन्द्रित भएको छ । किनकी, अवस्था र संकेतहरु ओरालो लागेको बाच्छालाई मृगले पनि खेद्छ भने जस्तै देखिन्छ ।
टर्कीको मुद्रा लीरा पछिल्लो एक महिनामा अमेरिकी डलरको तुलनामा ५० प्रतिशतले कमजोर भएको छ । २० नोभेम्बर, २०२१ मा डलरको तुलनामा लीराको मूल्य ११.२३ थियो । पछिल्लो एक महिनामा वा २० डिसेम्बरमा आइपुग्दा त्यो बढेर १६.७६ मा पुग्यो । एक वर्ष पहिले १ डलर खरिदका लागि ७.६६ लीरा मात्रै खर्च गरे हुन्थ्यो ।
भारतीय मुद्रामा हेर्दा एक महिना पहिले १ लिरा खरिदका लागि ६.६२ भारु तिर्नु पर्दथ्यो । अब यो घटेर ४.५४ मा पुगेको छ । एक महिना पहिले सय लिरा बराबर ६६२ पाउने अवस्था थियो । त्यो अहिले घटेर ४५४ मा आइपुगेको छ । सन् २००७–२००८ मा लिरा काफी मात्रामा महंगो थियो । त्यस समयमा १०० लिरा बराबर ३ हजार ७०० भारु बराबर प्राप्त हुन्थ्यो ।
मुद्रामा भारी मात्रामा गिरावट आएका कारण आयातमा प्रभाव परेको छ । विदेशबाट आउने सामानको मूल्यवृद्धि भएको छ । सोही कारण आयात घटिरहेको छ । आयात घटेपछि बजारमा सामानको अभाव देखिएको छ ।
सोही कारण बजारमा महंगी अत्याधिक मात्रामा वृद्धि भएको छ । २०२१ को जनवरीमा मुद्रास्फिती १४.९७ प्रतिशत थियो । त्यो बढेर नोभेम्बरमा २१.३१ प्रतिशत भएको छ । यो सरकारी तथ्यांक हो । तर, बजारमा यसको तुलनामा महंगी दुई गुणाभन्दा बढी हुन सक्ने बीबीसीले जनाएको छ ।
महंगीले आकाश छुँदा दैनिक उपभोग्य वस्तुको खरिदमा नै समस्या पैदा भएको छ । इन्धन तथा औषधी खरिद गर्न पनि आम मानिसलाई मुस्किल भएको छ । आलु, आटा, कुखुराको मासुको मूल्य अचाक्ली बढेको छ ।
रोटीकै अभाव
खासगरी टर्कीको अर्थतन्त्र आयातमा निर्भर छ । सोही कारण लिराको भाऊ क्रमशः ओरालो लाग्नु र डलर बलियो भन्दै जाँदा उपभोग्य सामग्रीको मूल्यमा चाप परेको हो । इस्तानबुलका सुपर मार्केटहरुमा हरेक दिन नै तीनदेखि चार पटकसम्म मूल्यवृद्धि भएको सूची सार्वजनिक हुने गरेको छ ।
अनुदानका उपलब्ध हुने रोटी(बे्रड)का लागि लाइनमा बसेका एक ५७ वर्षीय टर्कीस नागरिकले भने ‘ म यहाँको विश्वविद्यालयमा २१ वर्षसम्म क्लीनरको रुपमा काम गरे , अब भने म खानका लागि रोटीको लाइनमा बसीरहेको छु ।’
यस्तै, एक इलेक्ट्रिसियन भन्छन्, ‘मैले महिना दिनभरीमा मात्रै २ हजार ९०० कमाई गर्छु । तर, भाडा नै दुई हजार लिराले बढेको छ । यस्तोमा अत्यावश्यक सामान खरिदका लागि मैले कटौती गर्नुपर्छ ।’
टर्की सरकारले एउटा रोटीको मूल्य २.५ लिरा तोकिदिएको छ । त्योभन्दा बढी मूल्य लिन पाइने छैन । सरकारको आदेश अनुसार रोटी बिक्री गरिरहेका व्यापारी भन्छन् ‘ अब यो मूल्यमा रोटी बिक्री गर्न सकिदैन ।’ यो बीचमा तेल, बिजुली र ग्यासको मूल्यमा समेत वृद्धि भएको छ । यस्तै, पसलको भाडा समेत बढेको छ ।
अर्थतन्त्रका जानकारहरुका अनुसार सन् २००३ मा जब अर्दोगान सत्तामा आए, तब अर्थतन्त्रमा सुधार देखिएको थियो । उनले विदेशी लगानीकर्तालाई रातो कार्पेट ओच्छ्याएर लगानीका लागि आग्रह गरे । लगानीमैत्री वातावरण पनि बनाए । सोही कारण अर्थतन्त्र तीव्र गतिमा अगाडि बढ्न पनि थाल्यो । अर्दोगान शासनको पहिलो दशकलाई मिराकल नै भएको मानिन्छ ।

त्यसबेला गरिबी आधा भन्दा बढीले घटेको थियो । लाखौं मानिस मध्यम वर्गको श्रेणीमा रुपान्तरित भएका थिए । तर अर्दोगानले पछिल्ला दिनमा आफैले अगाडि सारेका नीतिहरुमा खासै ध्यान दिएनन् । विदेशी लगानीकर्ताले पाएका सुविधा समेत खोसिन थालेको पश्चिमाहरुको दावी छ ।
सन् २०१९ मा जब त्यहाँको केन्द्रीय बैंकका गभर्नरले ब्याज दर कम गर्ने विषयमा अर्दोगानको आदेशलाई अस्वीकार गरे, तब उनले जागिरबाट हात धुनुपर्यो । लीराको मूल्य लगातार ओरोलो लाग्न थालेपछि अर्दोगानले बैंकहरुमा रहेको डलर धमाधम बिक्री गर्न थाले । त्यसबाट डलरको भण्डारण समेत कमी हुन पुग्यो ।
सन् २०२० मा कोरोना भाइरसका कारण संसारभरको अर्थतन्त्रमा नै समस्या देखा पर्यो । टर्कीको निर्यात समेत प्रभावित भयो । महामारीका कारण समस्यामा परेको पर्यटन क्षेत्रमा गत सेप्टेम्बरमा केही सुधार आउँदा मात्रै १.७ अर्ब डलर बराबरको चालु खातामा सरप्लस देखियो । सन् २०२० भने २.३ अर्ब डलर बराबरको घाटा भएको थियो ।
अर्दोगान पछिल्ला दुई दशकदेखि टर्कीको शासनमा छन् । उनी सन् २००३ देखि सन् २०१४ सम्म प्रधानमन्त्रीका रुपमा थिए । सन् २०१४ पछि उनी राष्ट्रपतिका रुपमा क्रियाशिल छन् ।
आगामी १८ महिनापछि सन् २०२३ मा निर्वाचन हुनेवाला छ । सो चुनाव उनका लागि मुस्किल पर्ने देखिएको छ । १२ डिसेम्बरमा टर्कीमा करिब ५ हजार मानिसले प्रदर्शन गरेका थिए । महंगीका कारण जनजीवन प्रभावित भएको भन्दै मानिसहरुले विरोध गरेका थिए । विपक्षी पार्टीहरुले मध्यावधी चुनावको माग गरिरहेका छन् ।
टर्कीको कूल हिस्सा मध्ये ३ प्रतिशत हिस्सा यूरोपमा र ९७ प्रतिशत हिस्सा एशियामा छ । यूरोप र एशियालाई जोड्ने पुल भएकाले यसलाई यूरोसिया पनि भनिन्छ । यूरोपको हिस्सा कम भएपनि यो देश यूरोपेली संघमा छ । तर, अर्दोगानको ध्यान भने यूरोपमा भन्दा रसियातिर नै बढी देखिन्छ । उनले चालेका विद्यमान कदमहरुलाई सुधार नगर्ने हो भने टर्की केही समयमै चरम संकटमा पुग्ने विभिन्न सूचांकहरुले देखाएका छन् । अर्दोगान अर्थतन्त्रलाई धर्मसँग जोडेर बस्छन् वा आफूलाई सच्याएर समयानुकूल अर्थनीति ल्याउँछन् । त्यसमै टर्कीको आगामी दिनको अर्थतन्त्रको भविष्य निर्धारण हुनेछ ।
प्रतिक्रिया