सामान्य विवादमा खुकुरी हान्दा एक जना घाइते
मेरोन्यूज
२०७८ पुष १० गते १२:५१
काठमाडौँ । सामान्य विवाद हुँदा काठमाडौँको तारकेश्वरस्थित शेषमती नजिकै दुई जनाबीच खुकुरी प्रहार भएको छ । घटनामा रामेछापको मन्थली लिखुँ गाउँपालिका घर भई जरङ्खु बस्ने २९ वर्षीय शनी तामाङले दोलखा चरीकोटका सुवास तामाङलाई खुकुरी हानेका हुन् ।
खुकुरी प्रहारबाट सुवासको टाउको र घाँटीको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।
घटनामा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायव निरीक्षक पदम अवस्थीसमेत घाइते भएका छन् । अवस्थीलाई उपचारका लागि प्रहरी अस्पताल लगिएको छ ।
खुकुरी प्रहार गर्ने शनीलाई बालाजु प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
अछाममा घाँस काटन गएका बाबुछोरा नै कर्णालीमा बगे…
पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया