बिहीबार, पुष २४, २०८२

सामान्य विवादमा खुकुरी हान्दा एक जना घाइते

मेरोन्यूज २०७८ पुष १० गते १२:५१

काठमाडौँ । सामान्य विवाद हुँदा काठमाडौँको तारकेश्वरस्थित शेषमती नजिकै दुई जनाबीच खुकुरी प्रहार भएको छ । घटनामा रामेछापको मन्थली लिखुँ गाउँपालिका घर भई जरङ्खु बस्ने २९ वर्षीय शनी तामाङले दोलखा चरीकोटका सुवास तामाङलाई खुकुरी हानेका हुन् ।

खुकुरी प्रहारबाट सुवासको टाउको र घाँटीको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

घटनामा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायव निरीक्षक पदम अवस्थीसमेत घाइते भएका छन् । अवस्थीलाई उपचारका लागि प्रहरी अस्पताल लगिएको छ ।

खुकुरी प्रहार गर्ने शनीलाई बालाजु प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया