विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ट्यालेन्ट राउण्ड सकियो

काठमाडौँ । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा देखाएका छन् । राजधानीमा जारी छनौट प्रतियोगितामा दुई दर्जन सुन्दरीहरुले नृत्य, गायन, मेकअप, स्टयाण्ड अप कमेडी, भाषण कला, मुक्तक, नाटकलगायत प्रतिभा प्रदर्शन गरेका थिए ।
पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा ‘मिसेस ट्यालेन्ट’ छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी पुष १७ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।
ट्यालेन्ट शोमा प्राध्यापक तथा गीतकार सुदन डोटेल, अभिनेता शितल केसी, संगीतकार सरोज प्याकुरेल, कोरियोग्राफर जोगेन्द्र केसी, मोडल तथा नायिका रन्जिता गुरुङ र गायिका रीता केसी निर्णायक थिए ।
प्रतियोगिता विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।
कि एडभरटाईजीङको मार्केटिङ सहकार्यमा हुने प्रतियोगितामा चन्दा थापा गिरीको सह–कोरियोग्राफी, आकाश गिरी र गंगा महर्जनको संयोजन हुनेछ ।
















ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया