विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ट्यालेन्ट राउण्ड सकियो

काठमाडौँ । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा देखाएका छन् । राजधानीमा जारी छनौट प्रतियोगितामा दुई दर्जन सुन्दरीहरुले नृत्य, गायन, मेकअप, स्टयाण्ड अप कमेडी, भाषण कला, मुक्तक, नाटकलगायत प्रतिभा प्रदर्शन गरेका थिए ।
पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा ‘मिसेस ट्यालेन्ट’ छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी पुष १७ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।
ट्यालेन्ट शोमा प्राध्यापक तथा गीतकार सुदन डोटेल, अभिनेता शितल केसी, संगीतकार सरोज प्याकुरेल, कोरियोग्राफर जोगेन्द्र केसी, मोडल तथा नायिका रन्जिता गुरुङ र गायिका रीता केसी निर्णायक थिए ।
प्रतियोगिता विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।
कि एडभरटाईजीङको मार्केटिङ सहकार्यमा हुने प्रतियोगितामा चन्दा थापा गिरीको सह–कोरियोग्राफी, आकाश गिरी र गंगा महर्जनको संयोजन हुनेछ ।









पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया