माओवादी केन्द्रको महाधिवेशनमा देउवादेखि पोखरेलेसम्म सहभागी

काठमाडौँ । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ नेकपा(माओवादी केन्द्र)को आठौँ महाविधेशनको उद्घाटन सत्रको कार्यक्रम सुरु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ त्से तुङको स्मृति दिवसको अवसर पारेर माओवादीले महाधिवेशनको आयोजना गरेको हो ।
कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन सत्रको कार्यक्रम सुरु भएको हो । उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले महासचिव शंकर पोखरेल नेकपा, (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति छ । यस्तै माले महासचिव सिपी मैनाली, राप्रपाका महामन्त्री कुन्ती शाही उपस्थित भएका छन् । शनिबार मात्रै माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको थियो ।
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया