माओवादी महाधिवेशन : वैद्य, बाबुराम, बादल, विप्लव नहुँदा खल्लो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । उदघाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।
महाधिवेशनमा माओवादीको पहिचान बोकेका नेताहरू देखिएनन् । ०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, सीपी गजुरेललगायतका साथ दिएका थिए । आज यी सबै नेता माओवादी केन्द्रबाट बाहिरिइसकेका छन् ।
माओवादी केन्द्रमा अध्यक्ष पदबाहेक कोही पनि स्थिर छैनन् । सबै कुनै न कुनै कारण कारबाहीमा परेका छन् । आठौं महाधिवेशनमा सहभागी हुन आएका माओवादी प्रतिनिधिहरूले १० वर्षसम्म सशस्त्र विद्रोहको नेतृत्व गरेका नेताहरू नै नदेखेपछि खल्लो महसुस गरेका छन् ।
मोहन वैद्य अहिले पनि माओवादी नाम गरेको अलग्गै पार्टीमा छन् । बाबुरामले चारवटा पार्टी चाहरिसके । बादल, लेखराजहरू अहिले एमालेमा छन् । विप्लव नेकपा नामक पार्टीको महासचिव छन् ।










एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा ताेकिए मतदान केन्द्र
त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया