एपिएफलाई प्रधानमन्त्री महिला कप क्रिकेटको उपाधि

धनगढी । विभागीय टोली एपिएएफ क्लबले धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश नं १ लाई सात विकेटले हराउँदै उपाधि चुमेको हो ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा प्रदेश नं १ लाई सात विकेटले पराजित गर्दै एपिएफ प्रतियोगिताको च्याम्पियन बनेको हो । उपाधि जितेसँगै एपिएफले रु पाँच लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
उपविजेता बनेको प्रदेश १ ले रु तीन लाखसहित ट्रफी तथा मेडल प्राप्त ग¥यो । फाइनलमा टस हारेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनायो ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ र अप्सरी वेगमले ११ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बलिङतर्फ एपिएफका लागि सीता रानामगरले तीन र रेखा रावलले दुई विकेट लिइन् । ६८ रनको विजयी लक्ष्य एपिएफले १४ दशमलब दुई ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो । एपिएफका लागि ज्योति पाण्डेयले अविजित ३७ तथा ममता चौधरीले १७ रन बनाइन् ।
बलिङतर्फ प्रदेश १ की कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् । एपिएफ की सीता रानामगर ‘प्लेयर अफ दी म्याच’ तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी प्रदेश १ की कप्तान रुविना क्षेत्री घोषित भइन् । क्षेत्रीले पाँच खेलमा १५७ रन बनाउनुका साथै आठ विकेटसमेत लिएकी थिइन् ।
यस्तै दुई अर्धशतकसहित १७६ रन बनाएकी अप्सरी वेगम उत्कृष्ट ब्याट्सवुमन घोषित भइन् । नेपाल क्रिकेट सङ्घ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको संयुक्त आयोजनामा यही पुस ३ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र एक विभागिय टोलीले प्रतिस्पर्धा गरेका थिए ।


















कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
प्रतिक्रिया