नेप्सेमा ६९.७७ अंकको उच्च गिरावट

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।
सोमबार कोरोबार रकममा भने वृद्धि भएको छ । आज २३८ कम्पनीको ६७ हजार ७६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल पाँच अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार पाँच अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी कारोबार नबिल बैंक रहेको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएको छन् । आज शून्य दशमलव ६ प्रतिशतदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा गोर्खाज फाइनान्स र मध्यभोटेकोसी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा पुगेको छ । त्यस्तै, आज जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्यमा धेरै गिरावट आएको छ ।









निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
बुधबारको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?
आज बुधवार, कुन विदेशी मुद्राको विनिमयदर कति ?
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
प्रतिक्रिया