नेप्सेमा ६९.७७ अंकको उच्च गिरावट

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।
सोमबार कोरोबार रकममा भने वृद्धि भएको छ । आज २३८ कम्पनीको ६७ हजार ७६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल पाँच अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार पाँच अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो । आज सबैभन्दा बढी कारोबार नबिल बैंक रहेको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै समूहको सूचक राताम्मे भएको छन् । आज शून्य दशमलव ६ प्रतिशतदेखि पाँच प्रतिशतभन्दा धेरैको गिरावट आएको छ ।नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा गोर्खाज फाइनान्स र मध्यभोटेकोसी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा पुगेको छ । त्यस्तै, आज जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्यमा धेरै गिरावट आएको छ ।









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया