बिहीबार, फागुन २८, २०८२

केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने माओवादीको प्रस्ताव

मेरोन्यूज २०७८ पुष १२ गते १५:५२

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्दैै केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने प्रस्ताव गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् ।

पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । मस्यौदा प्रस्तुत गर्दा गुरुङले पदाधिकारी समावेशी बनाइने जानकारी दिएका छन् ।

आइतबारबाट सुरु भएको महाधिवेशन १५ पुससम्म चल्नेछ । महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।

प्रतिक्रिया