कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते
मेरोन्यूज
२०७८ पुष १२ गते १९:१२

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ गते हुने भएको छ ।
कांग्रेसको निर्वाचन समितिले सोमबार एक सूचना जारी गरी पुस २७ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी गराएको हो ।
कांग्रेस महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमितिले पदभार ग्रहण गरिसक्दा विवादका कारण प्रदेश २ का ८ जिल्लासहित १६ जिल्लाको अधिवेशन रोकिएको थियो ।
अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाकै अधिवेशन पुस २७ गते पृथ्वी जयन्तीका दिन गर्ने निर्णय भएको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा अधिवेशन हुन सकेको छैन ।
यस्तै, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको अधिवेशन हुन बाँकी रहेको छ ।

सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया