आजदेखि क्रमिक रुपमा मौसम सुधार हुने
मेरोन्यूज
२०७८ पुष १५ गते ८:०६

काठमाडौँ । आजदेखि मौसममा सुधार आउने आंकलन गरिएको छ । गत आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएको थियो ।
आजदेखि क्रमशः यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आंकलन महाशाखाका मौसमविद्ले गरेका हुन् । यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । बिहान देशभर आंशिक तथा थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि
प्रतिक्रिया