अनि कमेडियन बने कादर खान

काठमाडौं । कादर खान, हिन्दी फिल्मको एउटा यस्तो नाम हो, जुन नामलाई कसैले बिर्सदैन । बलिउडको लोकप्रिय कलाकारको नाम लिने हो भने कादर छुट्दैनन् । उनी फिल्ममा जुन भूमिकामा अभिनय गर्थे, त्यो भूमिकाले दर्शकमाझ एउटा छुट्टै छाप छोड्थ्यो । उनले फिल्ममा भिलेनदेखि कमेडियनसम्मका अलगअलग भूमिकामा दर्शकको मन जिते ।
कादर राम्रो कलाकारसँगै उम्दा फिल्म लेखक पनि थिए । उनले बलिउडका कैयौं फिल्ममा सदाबहार संवाद लेखेका छन् । कादरको जन्म सन् १९३७ अक्टोबर २२ मा अफगानिस्तानको काबुलमा भएको थियो । उनको परिवार अफगानिस्तान छोडेर भारतको मुम्बईम बसेको थियो । उनको परिवार मुम्बईको सबैभन्दा फोहोरी र बद्नाम क्षेत्र कमाठीपुरामा बस्थ्यो ।
कादरको घरको आर्थिक अवस्था ठिक थिएन । उनले बिस्तारै–बिस्तारै पढाइ सुरु गरे । उनले इञ्जिनियरिङ पढे र कलेजमा नाटक लेख्न थाले । केही समयपछि कादर एक कलेजमा लेक्चरर बने । तर उनले नाटक लेख्न छोडेनन् । नाटक लेखिरहँदा उनले फिल्मको संवाद लेखन पनि सुरु गरे । सुरुवाती समयमा उनले कैयौं फिल्मका लागि राम्रा संवाद लेखे ।
संवाद लेखिरहँदा उनले फिल्मी अभिनय पनि सुरु गरे । करियरको सुरुवातमा उनले कैयौं फिल्ममा भिलेनको भूमिकामा अभिनय गरे । उनको भूमिकालाई दर्शकले निकै मनखपराए । तर एक समय यस्तो आयो कि उनले भिलेनको भूमिकामा अभिनय गर्नै छोडे । उनले भिलेनको भूमिकामा अभिनय नगर्ने निर्णयको कारण उनको परिवार र कलेजका विद्यार्थी थिए ।
कादरले भिलेन भूमिकामा अभिनय गरिरहँदा उनको छोराको स्कुलका अन्य विद्यार्थी रिसाएका थिए । यहाँसम्मकि भिलेन चरित्रमा अभिनय गरेकै कारण छोरा सरफराजसँग उनको झगडा नै परेको थियो । कादरकी श्रीमतिले पनि उनलाई भिलेन बन्न रोक लगाएकी थिइन् । उनको पूर्वकलेजका विद्यार्थीले पनि उनलाई भेट्दा भिलेन भूमिका नगर्न सुझाव दिएका थिए ।
त्यसपछि उनले भिलेनको भूमिका छोडेर कमेडियन चरित्रलाई अंगाले । उनले गोविन्दाका साथ कैयौं फिल्ममा कमेडी भूमिकामा अभिनय गरे । उनले ‘दाग’, ‘परवीश’, ‘सुहाग’, ‘कुर्बानी’, ‘नसीब’, ‘याराना’, ‘कुली’, ‘आन्टी नम्बर १’, ‘दुल्हे राजा’, ‘आँखियो से गोली मारे’ र ‘दिवाना मे दिवाना’सहित करिब ३ सय बढी फिल्ममा अभिनय गरे । आफ्नो करियरमा झण्डै २ सय ५० फिल्ममा संवाद लेखे । (एजेन्सी)















गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
मन्त्रिपरिषद् बैठकको निर्णय : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया