पाँच दिनसम्म घाम नलाग्दा जन जीवन कष्टकर

काठमाडौँ । बाक्लो हुस्सु र चिसो हावाले उदयपुरको जन जीवन कष्टकर बनेको छ । पाँच दिनयता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि जिल्लाको सदरमुकाम आसपासको जन जीवन कष्टकर बनेको हो ।
केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो । चिसो बढेकाले उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जन जीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जन जीवन कष्टकर बन्दै गएको छ ।
अत्याधिक जाडोका कारण जिल्लाको जन जीवन प्रभावित भएको बेला यहाँका गरिब तथा विपन्न समुदायको जनजीवन प्रभावित भएका छन । चिसो बढेसँगै ठाउँमा आगो बालेर सर्वसाधारण बस्नु बाध्य भएका छन ।
चिसो हावा र बाक्लो हुस्सुले गर्दा बेलुकी ६ बजेदेखि दिउँसो १२ बजेसम्म हुस्सुका कारण अन्धकारमय जस्तै देखिने गरेको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिस घरबाट बाहिर निस्किन सकेका छैनन् ।
अत्यधिक चिसो र हुस्सुका कारण घरका गाईवस्तु जंगल चराउन लैजान समस्या भइरहेको त्रियुगा नगरपालिका ३ चाँपका जीतबहादुर तामाङले बताए ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया