जुम्ला-जाजरकोट सुरुङ्गमार्ग निर्माण हुँदै, सम्भाव्यता अध्ययनका लागि टेन्डर आह्वान

सुर्खेत । जुम्ला–जाजरकोट जोड्ने सुरुङ्गमार्ग निर्माण हुने भएको छ । जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीदेखि जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टाको जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो ।
यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्युआरडीसी)ले सूचना जारी गरिसकेको छ ।
सुरुङ्गमार्गको सम्भाव्यता अध्यायनका लागि सडक विभागले टेन्डर खोली सकेको र अध्यायन सकिएपछि सुरुङ्गमार्ग निर्माण अघि बढ्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । ‘सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।’ उनले भने, ‘जुम्ला र जाजरकोट जोड्ने सबैभन्दा छोटो सुरुङ नै हुने भएकाले खन्ने कामलाई अध्ययन सकिने बित्तिकैअघि बढाइने छ ।’
जुम्लाको इमिल्चाघारीदेखि जाजरकोट साङ्टासम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने तातोपानी गाउँपालिकाका अध्यक्ष न्यौपानेले जानकारी दिए । ‘हामीले सुरुङ्गमार्गको संम्भाव्यता अध्यायनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौं ।’ उनले भने, ‘सम्भाव्यता अध्यायनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ ।’
जुम्लादेखि जाजरकोट जान हिडेर करिब १० घण्टा उकालो हिड्नु पर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जाजरकोट जान सकिने न्यौपानेले बताए । ‘यो सुरुङ्गमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदैँ रारा जोड्ने छोटो सर्किट हुनेछ ।’ उनले भने, ‘विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौं ।’


















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया