शुक्रबार, जेठ २, २०८२

आजको राशिफल : पौष १८ गते आइतबार

ज्यो. गुरु दिवाकर पन्त २०७८ पुष १८ गते ६:३५

आज वि.सं. २०७८ साल पौष महिनाको १८ गते आइतबार, पौष कृष्णपक्षको अमावश्य तिथि । आज गयामौनी औंसी रहेको छ ।

मेष
मन फुरुङ्ग हुने छ । स्थिरताको आभाष हुने र उमङ्ग प्राप्त हुनेछ । आँटेका कामहरु उत्साहजनक तरीकाबाट अघि बढ्ने छ । पेशागत जीवनमा नयाँपना अनुभूति हुने छ । आम्दानीमा बृद्धि हुने छ । घर जग्गाको कारोबारबाट लाभ मिल्ने छ ।

वृष
आर्थिक कठिनाई उत्पन्न हुने छ । पेशागत जीवनमा पनि उल्झनहरुको सामना गर्नु पर्ने छ । मनमा अस्थिरताका क्रमहरु एकपछि अर्काे गर्दै आउने हुँदा तनाव कायम हुने छ । दाम्पत्य जीवनमा एकअर्काको भरोषा कायम रहने छ । सवारीसाधनसम्बन्धी विषयमा समस्या खेप्नु पर्ने छ ।

मिथुन
स्वास्थ्यमा समस्या देखिने हुँदा अस्पतालजन्य खर्चहरु बढ्न पुग्ने छ । मुद्धा मामिलासम्बन्धी विषय उत्पन्न हुने र धाउनु पर्ने छ । परिवारका सदस्यहरुबीच सद्भाव र सहयोगको वातावरण कायम हुने छ । पेशागत जीवन सहज हुने छैन । आर्थिक पक्ष पनि कठिनाईबाट अघि बढ्ने छ । धैर्य भएर कदमहरु चाल्नु होला ।

कर्कट
साथिभाइको साथ मिल्ने छ । खर्च भने अलि बढ्न जाने छ । रसिक स्वाभावको व्यक्ति हुने हुँदा मिलनसारपना आउने छ । मनोरञ्जनात्मक गतिबिधिमा खर्च बढ्ने छ । प्रहरी प्रशासनको फन्दामा पर्ने जोखिम देखिएकाले सतर्क रहनु होला । पेशागत जीवन औसत खालको हुने छ । नयाँ गन्तब्यमा यात्रा हुने छ ।

सिंह
महत्वपूर्ण जिम्मेवारी हात लाग्ने छ । पेशागत जीवनमा सफलताहरु प्राप्त हुने छन् । आफु भन्दा माथिका हाकिमहरुको विश्वास आर्जन हुने छ । कला साहित्य तथा संगीत जस्ता सृजनशिल क्षेत्रमा कदम अघि बढ्ने छन् । आर्थिक पक्ष सुदृढ रहने छ । परिवारमा शान्तिपूर्ण वातावरण बन्ने छ ।

कन्या
अलि कडा शैलीको व्यक्तित्व बन्ने हुँदा झैझगडाको अवस्था आउने छ । स्वादिष्ट भोजनको अवसर प्राप्त हुने छ । सामाजिक जीवनमा भुमिका खेल्न मन लाग्ने छ । स्वास्थ्यमा भने असन्तुलन पैदा हुँदा मनोबलको कमि हुने छ । विदेश यात्राको ढोका खुल्न खोजे पनि केही समस्याका कारण अड्चन देखा पर्ने छ ।

तुला
विदेश यात्रा सफल हुने छ । जीवनसाथिको साथका कारण व्यावहारिक रुपमा निकै सहजता उत्पन्न हुने छ । सफलताका मात्राहरु एकपछि अर्काे गरि आउने छन् । पेशागत जीवन फलदायी रहने छ । परिवारमा प्रेममय वातावरण बन्ने छ । बन्धु बान्धवहरुसँग मिलन हुने छ भने सौहार्दतामा बृद्धि हुने छ । यौन जीवनमा संयमित रहनु होला ।

वृश्चिक
मान सम्मान प्राप्त हुने छ । अरुले कदर गर्ने छन् । पेशागत जीवनमा सफलताहरु हात पर्ने छन् । आर्थिक जीवन सहज बन्ने छ । खर्च गर्नु पर्ने बाध्यात्मक अवस्था आउने भएकाले खर्च बढ्न जाने छ । जोखिमपूर्ण क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । बोली प्रभावकारी हुने छ । चोरी हुने खतरा रहेकाले चनाखो रहनु होला ।

धनु
प्राप्त भइरहेको विश्वासमा कमि आउने छ । भाग्यको साथ नभएकाले संघर्ष धेरै गर्नु पर्ने छ । गलत संगत जस्ता विषयमा निकै चनाखो रहनु होला । सवारीसाधनसम्बन्धी विषयमा धैर्य भएर संचालन गर्नु होला । पश्चातापका क्रमहरु मनमा देखा पर्दा तनावपूर्ण मनस्थिति बन्न पुग्ने छ । बौद्धिकतामा कमि आउने छ ।

मकर
पेशागत जीवनमा कठिनाईको सामना गर्नु पर्ने छ । उल्झन र आरोप प्रत्यारोपका कारण उत्साहको कमि हुन जाने छ । परिवारमा झैझगडाको अवस्था आउने छ । पैतृक सम्पत्ति बेचबिखन गर्नु पर्ने बाध्यात्मक अवस्था आउने भएकाले आर्थिक चुनौति थपिने छ । दाम्पत्य जीवनमा कटुता र असमझदारी उत्पन्न हुने छ ।

कुम्भ
बोलीको प्रभावमा बृद्धि हुने छ । नयाँ नयाँ मानिसहरुसँग भेटघाट हुने अवसर प्राप्त हुने छ भने नयाँ स्थानमा भ्रमण हुने छ । पेशागत जीवन सकारात्मक दिशामा अघि बढ्ने छ । नयाँ सोच र योजनाहरु बन्ने छन् । परिवारमा विश्वासको कमि देखिने छ । एकलकाँटे स्वाभाव त्याग्ने जमर्काे गर्नु होला । रिस नियन्त्रण नगरे प्रत्युत्पादक हुने छ ।

मीन
आर्थिक पक्ष सवल बन्ने छ । घर घडेरी तथा सवारीसाधनको कारोवारमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । पेशागत जीवनमा उन्नतिका संकेतहरु स्पष्ट हुने छन् । नयाँ वाहन खरिदको निर्णय गर्न मन लाग्ने छ । मनमा अन्योलताका क्रम भने औसत भन्दा बढि देखिन जाने छ । दाम्पत्य जीवनमा उत्साहपूर्ण वातावरण कायम हुने छ ।

(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया