नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अंकले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७७ अंकले बढेर ४८२.०१ मा पुगेको छ । कारोबार भएका कूल २४० कम्पनीमध्ये आज १९२ कम्पनीको शेयर उकालो लाग्दा ३२ कम्पनीको शेयर ओरालो लाग्यो भने १२ कम्पनीको शेयर मूल्यस्थिर रह्यो । कूल ७१ लाख ६० हजार ९८३ कित्ता शेयर चार अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर उकालो लाग्यो ।
कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड ९४ लाख दुई हजार ५९१ बराबरको कारोबार भयो । नबिल बैंक २९ करोड ७० लाख ४९ हजार २९८, शिवम् सिमेन्ट २३ करोड ४९ लाख ८१ हजार ६७८, नेपाल बङ्गलादेश बैंक १८ करोड ९२ लाख १५ हजार ८२७ र अपि पावर कम्पनी १७ करोड ३७ लाख चार हजार ३०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार हिमालयन डिस्टिलरी ९.९९, मध्यभोटेकोशी जलविद्युत् कम्पनी ९.९७, सूर्य लाइफ इन्स्योरेन्स ९.२९, कर्पोरेट डेभलपमेन्ट बैंक ७.७० र किसान लघुवित्तका लगानीकर्ताले ७.३८ प्रतिशतले कमाए । गुर्खाज फाइनान्स ५ं१२, नबिल इक्विटी फण्ड ३.६८, मञ्जुश्री फाइनान्स ३.०९, नबिल डिवेञ्चर २.९१ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २.१२ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ५१ अर्ब ३४ करोड ८२ लाख २४ हजार ८०४ बराबर पुगेको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
प्रतिक्रिया