नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अंकले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७७ अंकले बढेर ४८२.०१ मा पुगेको छ । कारोबार भएका कूल २४० कम्पनीमध्ये आज १९२ कम्पनीको शेयर उकालो लाग्दा ३२ कम्पनीको शेयर ओरालो लाग्यो भने १२ कम्पनीको शेयर मूल्यस्थिर रह्यो । कूल ७१ लाख ६० हजार ९८३ कित्ता शेयर चार अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर उकालो लाग्यो ।
कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड ९४ लाख दुई हजार ५९१ बराबरको कारोबार भयो । नबिल बैंक २९ करोड ७० लाख ४९ हजार २९८, शिवम् सिमेन्ट २३ करोड ४९ लाख ८१ हजार ६७८, नेपाल बङ्गलादेश बैंक १८ करोड ९२ लाख १५ हजार ८२७ र अपि पावर कम्पनी १७ करोड ३७ लाख चार हजार ३०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार हिमालयन डिस्टिलरी ९.९९, मध्यभोटेकोशी जलविद्युत् कम्पनी ९.९७, सूर्य लाइफ इन्स्योरेन्स ९.२९, कर्पोरेट डेभलपमेन्ट बैंक ७.७० र किसान लघुवित्तका लगानीकर्ताले ७.३८ प्रतिशतले कमाए । गुर्खाज फाइनान्स ५ं१२, नबिल इक्विटी फण्ड ३.६८, मञ्जुश्री फाइनान्स ३.०९, नबिल डिवेञ्चर २.९१ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २.१२ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ५१ अर्ब ३४ करोड ८२ लाख २४ हजार ८०४ बराबर पुगेको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया